विश्वको फिल्म क्षेत्रलाई अवलोकन गर्ने हो भने, भारतीय फिल्म क्षेत्र चर्चित अवस्थामा रहेको देखिन्छ। भारतीय फिल्म क्षेत्र चर्चामा आउनुको कारण भनेको बलिउड कलाकारहरूको मुख्य भूमिकाले हो। बलिउडका केही कलाकारहरू यस्ता छन्, जसले गर्दा बलिउड फिल्म अन्तर्राष्ट्रिय रूपमा नाम राख्न सफल भएको छ।
उनीहरूले फिल्म क्षेत्रलाई अगाडि बढ्न जति मिहेनत गरेका छन्। त्यति नै महंगो पारिश्रमिक लिन्छन्। करिब ३० वर्षअघि भारतीय कलाकारहरूले करोडमाथि पारिश्रमिक लिन थालेका हुन्। हाल भारतीय कलाकार एकै फिल्मका लागि १०० करोडमाथि पारिश्रमिक लिन्छन्।
अहिले महंगा अभिनेतामा शाहरूख खान, सलमान खान, रणवीर कपूरलगायतको नाम आउँछ। तर केमियो भूमिकाको लागि प्रति मिनेट ४ करोड ५० लाख भारू लिने अभिनेता हुन् अजय देवगन।
प्रति मिनेट ४ करोड ५० लाख भारू लिएर अयज भारतका महंगा अभिनेता बनेका छन्। आमिर खान, शाहरूख खान, प्रभास, रजनीकान्त, सलमान खान र थलापति विजय एक फिल्मका लागि १०० करोड पारिश्रमिक लिन्छन्। फिल्मको नाफा प्रतिशतसहित उनीहरूले २०० करोड भारूसम्म लिन्छन्। तर पनि मिनेटको २-३ करोड भारूसम्म हुन्छ। तर अजयले सन् २०२१ मा एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा केमियो भूमिकाको लागि ३५ करोड भारू लिएका थिए।
फिल्ममा उनको ८ मिनेटको सिन थियो। जसले गर्दा उनको प्रति मिनेटको पारिश्रमिक ४ करोड ५ लाख भारूबढि भएको हो। उनी मुख्य भूमिकामा छन् भने एक फिल्मको १०० करोडबढी पारिश्रमिक लिन्छन्।
Ncell
अजय आगामी फिल्म ‘सिंघम ३’ र ‘शैतान’ प्रदर्शनको पर्खाइमा छन्।
प्रकाशित मिति २०८० फाल्गुण १४ गते सोमबार ०७:०१