मृत्युको मुखबाट फर्के अक्षय

मृत्युको मुखबाट फर्के अक्षय

सञ्चार बाणी

@SancharBani

२०८० फाल्गुण ११ गते शुक्रबार ०३:११

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार ‘रियल एक्सन’बाट परिचित छन् । फिल्ममा एक्सन गर्दा उनी घाइते भएको खबर बाक्लै रुपमा सुनिन्छ । फिल्म सुटिङका क्रममा दुर्घटना हुँदा अक्षयले मृत्युलाई नजिकबाट देखेको समेत अन्तर्वार्तामा किस्सा...

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार ‘रियल एक्सन’बाट परिचित छन् । फिल्ममा एक्सन गर्दा उनी घाइते भएको खबर बाक्लै रुपमा सुनिन्छ । फिल्म सुटिङका क्रममा दुर्घटना हुँदा अक्षयले मृत्युलाई नजिकबाट देखेको समेत अन्तर्वार्तामा किस्सा सुनाउँछन् । फिल्म ‘ब्ल्यू’को दौरान पनि मृत्युको मुखबाट उम्केको घटना अक्षयको लागि अविस्मरणीय छ ।

सन् २००९ मा प्रदर्शनमा आएको सो फिल्मको सुटिङका दौरान अक्षय ४० भन्दा बढी शार्कले घेराबाट उम्किएका थिए । ‘ई टाइम्स’ लाई दिएको अन्तर्वार्तामा उनले बताएअनुसार पानीमुनि सुटिङका क्रममा टाउकामा चोट खेप्नु परेको थियो ।

त्यससमय उनी बिना अक्सिजन पानी मुनि गएको बताउँछन् । त्यही समय उनलाई १५० फिट तल रहेको र माथिबाट ४०-४५ शार्कले घेरेका थियो । ती शार्कको शिकार हुनबाट आफू जसो तसो बाचेको उनी बताउँछन् ।

यसलाई उनी मृत्युलाई नजिकबाट नियालेको दुर्घटनाका रुपमा लिन्छन् । सुटिङमा भएको दुर्घटना मध्ये यो नै उनको लागि अविस्मरणीय हो ।

प्रकाशित मिति २०८० फाल्गुण ११ गते शुक्रबार ०३:११
प्रतिक्रिया दिनुहोस