आठ लाखको बिटा फ्याँकेर भागे गाउँपालिका अध्यक्ष

आठ लाखको बिटा फ्याँकेर भागे गाउँपालिका अध्यक्ष

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण १९ गते बुधबार ०१:१५

१८ फागुन २०७७ धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फालेर भागेका छन् । छिरेश्वर नगरपालिका वडा नम्वर ५...

१८ फागुन २०७७ धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फालेर भागेका छन् ।

छिरेश्वर नगरपालिका वडा नम्वर ५ मा गाउँपालिकाको गाडीबाट ८ लाख रुपैयाँ बाटोमा फालेर अध्यक्ष भागेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

अध्यक्ष राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयबाटै टोली धनुषा पुगेको थियो ।

राउत भागेपछि अख्तियारको टोलीले ८ लाख रुपैयाँसहित गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति २०७७ फाल्गुण १९ गते बुधबार ०१:१५
प्रतिक्रिया दिनुहोस