बुबाआमा बन्दै वरूण धवन र नताशा

बुबाआमा बन्दै वरूण धवन र नताशा

सञ्चार बाणी

@SancharBani

२०८० फाल्गुण ७ गते सोमबार ०७:०५

बलिउड अभिनेता वरूण धवन बुबा बन्ने भएका छन्। उनले आइतबार इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै आफू बुबा बन्न लागेको जानकारी दिएका हुन्। पोस्टमा आफ्नो र श्रीमती नताशा दलालको फोटो सेयर गर्दै वरूणले लेखेका छन्, 'हामी गर्भवती छौं। हामीलाई...

बलिउड अभिनेता वरूण धवन बुबा बन्ने भएका छन्। उनले आइतबार इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै आफू बुबा बन्न लागेको जानकारी दिएका हुन्।

पोस्टमा आफ्नो र श्रीमती नताशा दलालको फोटो सेयर गर्दै वरूणले लेखेका छन्, ‘हामी गर्भवती छौं। हामीलाई तपाईहरूको माया र आर्शीवादको आवश्यता छ।’

वरूण र नताशाले सन् २०२१ मा विवाह गरेका थिए। वरूण र नताशाको चिनजान स्कुल छँदै भएको हो। वरूणलाई नताशा पहिलो भेटदेखि नै मन पर्न थाल्यो। तर दुईको सम्बन्ध साथीबाट अघि बढ्यो। पछि वरूणले प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकार गरिनन्।

वरूणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए। वरूणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका हुन्।

नताशा फेसन डिजाइनर हुन्। वरूणको पछिल्लो समय फिल्म ‘बवाल’ प्रदर्शन भएको थियो। अब उनी फिल्म ‘बेबी जोन’ मा देखिनेछन्।

प्रकाशित मिति २०८० फाल्गुण ७ गते सोमबार ०७:०५
प्रतिक्रिया दिनुहोस