काठमाडौँ । इन्डोनेसियामा एक फुटबल प्रतियोगिताका क्रममा निकै दुःखान्त घटना भएको छ । खेल भइरहँदा चट्याङ परेर मैदानमै एक खेलाडीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
खेल भइरहँदा अचानक चट्याङ परेको थियो । चट्याङको चपेटामा परेका एक...
काठमाडौँ । इन्डोनेसियामा एक फुटबल प्रतियोगिताका क्रममा निकै दुःखान्त घटना भएको छ । खेल भइरहँदा चट्याङ परेर मैदानमै एक खेलाडीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
खेल भइरहँदा अचानक चट्याङ परेको थियो । चट्याङको चपेटामा परेका एक खेलाडी मैदानमै ढलेका थिए । त्यतिबेलासम्म उनको श्वाँस–प्रश्वाँस चलिरहेको थियो ।तर, अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको थियो । उक्त घटनाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
‘इन्डोनेसियामा फुटबल प्रतियोगिता भइरहँदा एक खेलाडी चट्याङको चपेटामा परेका छन्,’ सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) मा भिडियो सेयर गर्ने व्यक्तिले लेखेका छन् ।
उक्त भिडियोमा रङ्गशालामा फुटबल खेल भइरहेको देखिन्छ । खेल जारी रहँदा अचानक चट्याङ पर्छ र एक खेलाडी मैदानमा ढल्न पुग्छन् । त्यसपछि अन्य खेलाडी उनी भएतिर दौडिएको देखिन्छ ।
अर्को एक समाचारमा जनाइए अनुसार, त्यो घटना शनिबार साँझको हो । पश्चिम जाभाको सिलिवाङ्गी रङ्गशालामा साँझ ४ः२० बजे उक्त घटना भएको थियो ।
उक्त मैत्रीपूर्ण खेल एफसी बान्डुङ र एफबीआई सुबाङबिच खेलिएको थियो । चट्याङ लागेर मृत्यु हुने खेलाडीको नाम सेपताइन रहारजा भएको समाचारमा जनाइएको छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807