अहिले काठमाडौं लगायत देशभरी नै चिसो बढी रहेको छ । चिसोमा हामीलाई धेरै प्रकारका समस्या हुने गर्छन् । जस्तै श्वासप्रश्वास सम्वन्धी समस्या, बाथ , सरुवा रोग, लगायत हाम्रो छाला तथा हात खुट्टा र औंलाहरु सुन्निने समस्या हुने गर्छ ।
हामी कतिपयको जाडोको मौसममा हात, खुट्टा र औंलाहरु सुन्निने समस्या हुन्छ । सुन्निएको ठाउंमा झन्झटाहट हुने, चिलाउने, कमजोर हुने लगायतका लक्षणहरु देखिन्छन। तन्त्रिकामा चोट , थकान , नशा दबीनाले तथा शरीरमा भिटामिन , मिनरल्स, क्याल्सियम लगायतका तत्वको कमीले गर्दा शरीर सुन्निने समस्या देखा पर्छ।
जाडो मौसममा स्वासप्रश्वासमा समस्या देखिनाले रक्त वाहिनी नली संकुचित हुन्छ जसले गर्दा शरीरको विभिन्न स्थानमा अक्सिजन आपूर्ति कम हुन्छ ।
रक्तसंचारमा प्रभाव परेको कारणले जाडो महिनामा हात खुट्टा सुन्निने समस्या बढी हुन्छ।बिशेषत जाडो मौसममा यो समस्या देखिनाको प्रमुख कारण रक्तावाहिनी नली संकुचित हुनु हो ।
समाधानका उपायहरु
बेसारको प्रयोग
बेसारमा रक्तसंचार बढाउने बिशेष तत्व पाइन्छ । साथै यो दुखाई कम गर्नमा पनि प्रभावकारी छ । पानी र बेसारको पेस्ट बनाई प्रभावित स्थानमा लगाउनाले यसको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
मसाज गर्ने
प्रभावित स्थानमा रक्तसंचार बढाउनका लागि तातो पानीले सेक्ने गर्नुपर्छ जसले मांसपेशीमा आराम पुग्छ । यदि हात खुट्टा सुनिएको छ भने प्रभावित ठाउँमा मनतातो तेलले हल्कासंग मसाज गर्ने । जसले रक्तसंचार बढ्नाका साथै अक्सिजन सप्लाईमा सहयोग पुर्याउछ।
भिटामिनयुक्त आहारको सेवन गर्ने
हात खुट्टामा भएको झन्झटाहटबाट मुक्ति पाउनका लागि डाइटमा भिटामिन बि , बि ६ र बि १२ समावेश गर्नु आवश्यक छ । यसका अलावा ओटमिल, दूध, पनीर, दही, मेवा आदिलाई पनि आहारको हिस्सा बनाउन सकिन्छ।
धुम्रपान नगर्ने
हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि धुम्रपानबाट पनि बच्नुपर्ने हुन्छ किनकि यसले पेरिफेरल आर्टरी डिसीज हुने खतरा बढी हुन्छ र रक्तसंचार राम्रोसंग हुन पाउदैन । हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि सकेसम्म चिसोबाट बच्नुपर्ने हुन्छ। अचानक हात खुट्टा सुन्निन थालेको छ भने तुरुन्तै रगडेर रक्त प्रवाह गर्नुपर्छ ।पत्रपत्रिका
याे पनी
यसकारण सुन्निन्छ जाडोमा हात-खुट्टा

छालामा समस्या आउने मुख्य कारण मौसम परिवर्तन र वातावरण प्रदूषण हुन् । यीमध्ये चिसोले हातखुट्टा रातो हुने, सुन्निने, चिलाउने समस्याले सबैभन्दा बढी सताउने गर्छ । जसलाई चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’ वा ‘पेर्नेओसिस’ भनिन्छ ।
चिलब्लेन्स हातखुट्टाका औंलासँग चिसो, ओसिलो वातावारणको सम्पर्कले हुने छालाको समस्या हो । चिलब्लेन्स भएमा हातखुट्टाका औंलाहरु रातो हुने, चिलाउने, दुख्ने सुन्निने, पानीफोका र पिपका फोकाहरु आउने जस्ता लक्षण देखिन्छन् ।
कारण
चिसो र चिसो हावाको सम्पर्कमा आउनु यसको प्रमुख कारण हो । यो वंशाणुगत पनि हुनसक्छ । चिसोले छालाको सतह नजिकै हुने मसिनो रक्तनलीलाई कडा पार्छ । र, सोही समयमा तातोमा सम्पर्कमा आउँदा रक्तनली खुम्चिन्छ । जसकारण अक्सिजन राम्रोसँग पास हुनसक्दैन । यी कारणले हातखुट्टा सुन्निन सक्छ ।
छाला सुन्निएर वरपरको नसालाई प्रभावित गर्छ । जसले दुखाइलाई बढावा दिन्छ । तर यस्तो खालको प्रतिक्रिया किन हुन्छ, यसको ठोस आधार पत्ता लागिसकेको छैन । तर यो चिसोमा सम्पर्कमा आउने र पुनः तातो हुने असामान्य प्रतिक्रियासँग सम्बन्धित हुनसक्छ ।
को बढी जोखिममा ?
यो समस्या जवान र युवास्थाका महिलालाई बढी देखिन्छ । त्यस्तै चुरोट सेवन गर्ने, दुब्लो मानिस, हिमाल आरोहीहरु, चिसोमा काम गरिराख्नुपर्ने किसान, घरायसी काम गरिराख्नुपर्ने महिला, रगत क्यान्सर र बाथरोगका बिरामीमा पनि देखिन्छ ।
लक्षण
चिलब्लेन्स भएकाहरुमा चिसासँग सम्पर्कमा आएको केही घण्टामा हातखुट्टाका औंला र कानमा चिलाउने, पोल्ने, सुन्निने, छाला रातो रंगकव हुन्छ । यस्ता लक्षणहरु २४ घण्टाभन्दा बढी रहने गर्छन् । र, संक्रमण गम्भीर हुँदा पानीफोका र पिपका फोकाहरु आउँछन् । बिस्तारै पानी फोकाहरु फुटेर घाउ हुने र अत्यधिक दुख्ने हुनसक्छ ।
कति बेला अस्पताल जाने ?
-धेरै दुखाइ
-अत्यधिक पीडा हुने वा पिप बग्न थालेमा
-चिलाउने, औंला सुन्निने, घाउ हुने र पोल्ने समस्या एक साताभन्दा बढी भएमा
उपचार
यस्ता समस्या हरेक जाडोयाममा देखिन्छ भने त्यसलाई व्यवस्थापन मात्र गर्न सकिन्छ । छालाको हेरचाह नगरे यसले सताइरहने गर्छ । यस्तोमा चिकित्सकको परामर्शमा नाइट्रोग्लिसरिन र स्टेरोइड नामक मलम लगाउन सकिन्छ ।
संक्रमण अलि जटिल भएमा नीफेडीपिन भन्ने रगत नली फैलाउने औषधि चिकित्सकले दिनसक्छन् । चिसोसँग छालाको सम्पर्क हटाएपछि क्रमिक रुपमा सुधार हुँदै जान्छ । र, धेरैजसोमा एकदेखि तीन हप्तामा आफैं ठीक हुन्छ ।
कसरी बच्ने ?
यसबाट बच्न शरीरको छालालाई सकेसम्म चिसो हावा, पानी र चिसो वातावरणबाट बचाउनुपर्छ । त्यसका लागि पूरा शरीर ढाक्नेगरी लुगा लगाउने, पञ्जा, मोजा लगाउने र बेलाबखतमा मोइस्चराइजर लगाई राख्नुपर्छ । जाडोमा व्यायाम गरिराख्न सकिन्छ । यसले शरीरमा रक्तसञ्चार गराई शरीरको तापक्रम सन्तुलनमा राखी यस्ता समस्या हुन दिंदेन । चिसोमा काम गर्नैपर्ने भएमा काम सुरु गर्नुपूर्व तातो पानीमा हात खुट्टा एकछिन डुबाउने अनि मात्र काम गर्न सकिन्छ ।
प्रकाशित मिति २०८० माघ २४ गते बुधबार १०:०८