विवाह गर्छु भन्दै १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

विवाह गर्छु भन्दै १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

सञ्चार बाणी

@SancharBani

२०८० माघ २३ गते मङ्गलबार १२:५६

दाङ । दाङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ बस्ने १६ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाई...

दाङ । दाङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ बस्ने १६ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई ललाई फकाई गरी विवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति २०८० माघ २३ गते मङ्गलबार १२:५६
प्रतिक्रिया दिनुहोस