पोखरा /परिवर्तनका लागि हामी अभियान नेपाल ,पहिलो पाइला पोखरा शाखा, लियो क्लव अफ चौतारी पोखरा, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानको सयुक्त आयोजनामा पोखरा १७ शहिद पार्कमा दिप प्रज्वलन कार्यक्रम भएको छ।
कार्यक्रममा शहिद स्मरण सहित एक मिनेट मौन धारणा गर्नु का साथै दिप प्रज्ज्वलन गरि शहिद दिवस मनाइएको थियो ।
आयोजित कार्यक्रममा परिवर्तनका लागि हामी अभियान नेपालका सल्लाहकार तथा सरक्षक शिबराज बस्ताकोटि (शिवदाइ) पहिलो पाइला पोखरा शाखाका सल्लाहकार सन्तोष न्यौपाने मेनुका वराल ,लियो क्लवका लियो आभाष दहाल,लियो सहनशिल वराल,विश्वको उत्कृष्ट गन्तब्य नेपाल बनाउने महाअभियान नेपालका संयोजक नगेन सिंह ठकुरी लगायतले शहिद दिवसको बारेमा बोल्नु भएको थियो।
सयुक्त कार्यक्रममा लियो क्लव अफ चौतारि,पहिलो पाइला पोखरा शाखा, परिवर्तनका लागि हामी अभियान नेपाल साथै विश्वको उत्कृष्ट गन्तब्य नेपाल बनाउने महाअभियानका पदाधिकारी सदस्य तथा अभियानकर्मिको उपस्थिती रहेको थियो।
संयोजक कृष्ण गिरि रहेको दिप प्रज्ज्वलन कार्यक्रम परिवर्तनका लागि हामी अभियान नेपालका सयोजक नविन श्रेष्ठले सचालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० माघ १६ गते मङ्गलबार ०५:२६