हाना रहिती माइपे–क्लार्क न्यूजिल्यान्डकी अहिलेसम्मकै कान्छी सांसद हुन् । यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल हुनुको कारण चाहिँ संसदमा उनले माओरी संस्कृतिको नृत्य हाका प्रस्तुती गर्दै भाषण दिनु...
हाना रहिती माइपे–क्लार्क न्यूजिल्यान्डकी अहिलेसम्मकै कान्छी सांसद हुन् । यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल हुनुको कारण चाहिँ संसदमा उनले माओरी संस्कृतिको नृत्य हाका प्रस्तुती गर्दै भाषण दिनु हो । हाका युद्ध गीत हो । यसलाई पूरै ताकत र भाव भंगिमाको साथमा प्रस्तुत गरिन्छ ।
संसदमा माइपे–क्लार्कले माओरीहरुलाई समर्पित एउटा शक्तिशाली भाषण दिँदै पारम्परिक ‘वार क्राई’ प्रदर्शन गरेकी थिइन् । संसदमा उनले वार क्राई प्रदर्शन गर्दै गर्दा ठूलो संख्यामा सांसदहरुले उनलाई पछ्याए । हाका राम्रोसँग नबुझ्नेहरुको भाव भने नबुझिने खालको थियो । भिडियोमा माइपे–क्लार्कको अनुहार डर लाग्दो देखिएको थियो । भाइरल भिडियो गएको महिनाको हो ।
कयौं मान्छेहरुले भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । हाका नृत्य जनजातिलाई स्वागत गर्ने पारम्परिक तरिका हो । तर यो युद्धमा जान लागेका योद्धाहरूलाई उत्साहित गर्न पनि गरिन्छ ।
१७० वर्षको इतिहासमा २१ वर्षीया माइपे–क्लार्क न्यूजिल्यान्डकी सबैभन्दा कान्छी सांसद हुन् । न्यूजिल्यान्डमा सबैभन्दा लामो समय सेवा गरेकी महिला सांसद नानिया महुतालाई हराएर उनी सांसद बनेकी थिइन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807