गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

सञ्चार बाणी

@SancharBani

२०८० पुस २ गते सोमबार ०२:५१

२ पुस, गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

२ पुस, गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका-१ बाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति २०८० पुस २ गते सोमबार ०२:५१
प्रतिक्रिया दिनुहोस