पोखरा पँदेलीको वागेश्वरी मन्दिरमा अखण्ड कृतन तथा शतबीज छर्ने कार्यक्रम हुने

पोखरा पँदेलीको वागेश्वरी मन्दिरमा अखण्ड कृतन तथा शतबीज छर्ने कार्यक्रम हुने

राधा ढकाल

@SancharBani

२०८० मङ्सिर २१ गते बिहिबार ०३:०२

मंसीर २४ दिउँसो २ वजेदेखि अखण्ड कृतन र २५ गते विहान ७ वजेदेखि बालाचतुर्दशी शतबीज छर्ने कार्यक्रम हुने भएकाे छ

पोखरा महानगरपालिका वडा नं १८ पँदेलीमा रहेको धार्मिक ऐतिहासिक स्थल वागेश्वरी मन्दिर परिसर पँदेली डिलमा यस वर्ष बाला चर्तुदशीको अवसरमा अखण्ड कृतन तथा शतबीज छर्ने कार्यक्रम गरिने भएको छ ।

सप्तऋिषि मन्दिर संरक्षण तथा व्यवस्थापन समिती सराङ्कोट पँदेलीको आयोजना,वडा कार्यलय पोखरा १८,ढकालथर टोलविकास संस्था,पँदेली छापथोक टोलविकास संस्था,सौदाको चौतारा टोलविकास संस्थाको सहकार्यमा मंसीर २४ दिउँसो २ वजेदेखि अखण्ड कृतन र २५ गते विहान ७ वजेदेखि बालाचतुर्दशी शतबीज छर्ने कार्यक्रम हुने समितिका अध्यक्ष एक बहादुर ढकालले वताए ।

यो २०० बर्ष पुर्व सात जना जोगीरुपधारी योगीहरुले ध्यान अबस्थामा समाधी प्राप्त गरेका स्थान हो । यस समाधी स्थलबाट तालबराही देबीको मन्दिर,शान्ति स्तुपा र पुम्दीकोटको शिवजीको मुर्ती साथै फेवातालको मनोरम दृष्य पनी देख्न सकिन्छ भने त्यसैगरी यो तपोभुमीमा बिशेषगरी ध्यान,साधना र आध्यात्ममा रुची भएका साधकहरुका लागि पबित्र स्थान हुनसक्ने बताएको छ ।


प्रकाशित मिति २०८० मङ्सिर २१ गते बिहिबार ०३:०२
प्रतिक्रिया दिनुहोस