जाने हैन त कोरिया ? उत्पादनमूलक क्षेत्रका लागि माग्यो झण्डै १६ हजार कामदार

जाने हैन त कोरिया ? उत्पादनमूलक क्षेत्रका लागि माग्यो झण्डै १६ हजार कामदार

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर १९ गते मङ्गलबार ०२:५०

कोरियाले वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखालाई पत्र पठाउँदै १५ हजार ८४८ जना कामदारका लागि आवेदन आह्वान गरेको हो।

वैदेशिक रोजगार विभागले कोरियाका लागि आवेदन फारम खुला गरेको छ ।

इपिएस भाषा परीक्षामार्फत नेपालबाट कामदार लैजाँदै आएको दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि झण्डै १६ हजार कामदार माग गरेको छ । कोरियाले वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखालाई पत्र पठाउँदै १५ हजार ८४८ जना कामदारका लागि आवेदन आह्वान गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबिच भएको समझदारी पत्रअनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरिएको हो।

एचआइडी कोरियाले कोरियन भाषा परीक्षा सञ्चालन गर्न वैदेशिक रोजगार विभागलाई पठाएको पत्रका आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो।

इपिएस शाखाले आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने र परीक्षासम्बन्धी जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाएको छ।

आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिक हुनुपर्नेछ । भाषा परीक्षा एक दिनमा ४ सिफ्टमा सञ्चालन हुने र आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने जनाइएको छ ।

आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ । भाषा परीक्षाको नतिजा सार्वजनिक गरेपछि सीप परीक्षणको तालिका सार्वजनिक गरिनेछ।

भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तीर्णांक प्राप्त गर्नेमध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकलाई मात्र सीप परीक्षणमा समावेश गरिने सूचनामा उल्लेख छ।

पहिलो चरणमा भाषा परीक्षा र दोस्रो चरणको दक्षता परीक्षणमा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षणमा समेत सफल हुनुपर्नेछ ।

रोजगार आवेदन फाराम भर्न सकिनेछ । परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाइनबाट मात्र भर्नुपर्नेछ ।

सुचना हेर्नुहोस

प्रकाशित मिति २०८० मङ्सिर १९ गते मङ्गलबार ०२:५०
प्रतिक्रिया दिनुहोस