पौष २३ गते मा माछापुच्छ्रे गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर हुने

पौष २३ गते मा  माछापुच्छ्रे गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर हुने

निराजन अधिकाकी

@SancharBani

२०७९ पुस २१ गते बिहिबार ११:२१

शिविर माछापुच्छ्रे गाउँपालिका,लाहाचोक स्वास्थ्य चौकीमा विहान ९ः३० देखि सुरु हने छ ।

हेमजा,पौष २१ । माछापुच्छ्रे गाउँपालिका गाउँ कार्यपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजनमा पौष २३ गते शनिवार निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

शिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर समुहका महिलाहरुको पाठेघरको मुखको क्यान्सर÷स्तन क्यान्सरको जांच ,आङ खस्ने समस्याको निशुल्क परिक्षण साथै प्रारम्भिक उपचार हुने स्वास्थ्य शाखा संयोजक डिल्लीराम दाहालले जानकारी दिनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले माछापुच्छ्रे गाँउबासी साथै सम्बन्धित रोग संगका विरामीले उक्त सेवा लिनुहुन आग्रह गर्नुभएको छ । शिविर प्रभावकारी होस भन्ने हेतुले विभिन्न सञ्चार माध्यम बाट सम्बन्धित रोगका विरामी सम्म सुचनाको पहुचका लागि सुचना प्रसारण गरिसकिएको दाहालले बताउनु भयो ।

शिविर माछापुच्छ्रे गाउँपालिका,लाहाचोक स्वास्थ्य चौकीमा विहान ९ः३० देखि सुरु हने छ ।

प्रकाशित मिति २०७९ पुस २१ गते बिहिबार ११:२१
प्रतिक्रिया दिनुहोस