चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारि

चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारि

निराजन अधिकाकी

@SancharBani

२०७९ मङ्सिर २७ गते मङ्गलबार ०४:११

मंसिर २५ गतेदेखि सुुरु भएको खेल २७ गतेसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा हुनेछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।

२७ मङ्सिर,२०७९-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको दास्रो दिन विभिन्न विदाका खेल सम्पन्न गरेको छ । सोमबार भएको पहिलो खेल ज्यामलिङग छात्रा तर्फ प्रथम निष्पक्ष मा.वि कि मोनिका जौसी, द्धितिय उदय मा.वि कि बर्षा सुनार ,तृतिय शारदा मा.वि कि सलिना सुनार साथै छात्र तर्फ प्रथम अमृत भौजाकोटी, द्धितिय माछापुच्छे मा.वि का निरान परियार,तृतिय सुकलागण्डकीका अभिषेक नेपालीले जित हात पारेका छन् ।

३००० मि. दौड छात्रतर्फ प्रथम शुकलागण्डकीका मनविर कार्की,द्धितिय गौरीशंकर मनिलालका देव बहादुर क्षेत्री,तृतिय मह्ेन्द्र मा.वि का रोहित सुनार भएका छन् । छात्रातर्फ प्रथम गौरीशंकर मनिलाल मा.वि कि विन्दु वि.क,द्धितिय माछापुच्छे« मा.वि कि शुष्मा कँुवर,तृतिय उदय मा.वि की गंगा कुमाईले जितन सफल भए ।

लङजम्पको फाईनलमा छात्र तर्फ प्रथम माछापुच्छे« मा.विका रोजित वि.क,द्धितिय महेन्द्र मा.विका अरुण परियार,तृतियमा ज्ञानज्योती इ.बो.स्कुलका एमरण थापा भएका छन् । छात्रा तर्फ पृथ्वीनारयण मा.वि की बिनिता वि.क, द्धितिय महेन्द्र मा.कि कुसुम नेपाली, तृतियमा गौरीशंकर मनिलाल मा.वि की दिक्षा दाहालले जिते छन् ।

हाईजम्प छात्रा तर्फ प्रथम सोया सुनार, ज्ञानज्योती ई.वो.स्कुल द्धितिय पुजा भुजेल, भुमेश्वर मा.वि तृतिय करुण कुमाइ,उदय मा.वि साथै छात्रतर्फ प्रथम अमन नेपाली, महेन्द्र मा.वि द्धितिय सुजन बुढाथोकी, निष्पक्ष मा.वि र तृतिय शारदामा.विका निसान परियार भएका छन् ।

मंसिर २५ गतेदेखि सुुरु भएको खेल २७ गतेसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा हुनेछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।

प्रकाशित मिति २०७९ मङ्सिर २७ गते मङ्गलबार ०४:११
प्रतिक्रिया दिनुहोस