मंसिर २५, हेमजा,कास्कीको माछापुच्छे गाउँपालिकाले चौथो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको, उद्घघाटन कार्यक्रम आइतवारदेखी सुरु गरेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”भन्ने मुल नाराकासाथ माछापुच्छे गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको,उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मिन बहादु गुरुङले खेल क्षेत्रको बिकासमा आफुहरु निरन्तर रुपमा लागी परेको बताएका छ्न । उनले गाउँपालिका भित्र रहेका खेलाडीहरुको प्रतिभा बिकासको लागी गाउँपालिकाले आवस्यक रकम बिनियोजन गरेर धेरै खाले कार्यक्रमहरु संचालन गरि रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननिय प्रकाश बरालले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको ईतिहासमा माछापुच्छ«े गाउँपालिकाले यस अगिका खेलहरुमा जिल्ला स्तरिय उपाधि जितेको स्मरण गरे साथै गाउँपालिकाबाट यस खेलको लागि १० लाख विनियोजित गरेकोमा पालिकालाइ धन्यवाद ब्यक्त गरकोका थिए ।
खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नको लागी गाउँपालिकाले अझै रचनात्मक कार्यक्रमलाई अगाडि बढाउने विश्वास ब्यक्त गरेका थिय । गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै खेलाडी हरुलाइ मर्यादित अनुशासित र लगनशिल भएर खेल खेल्न आग्रह गरिन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले गाउँपालिका भित्रका ११ वटै मावि बाट प्रतियोगितामा सहभागि भएका विधालयहरुलाई सहभागिता भएकोमा धन्यवाद व्यक्त गरेका यिए ।
मंसिर २५ देखि २६ गते ३ दिन सम्म सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा बिधालयहरुको सहभागीता् रहेको र छात्र छात्रा भलिवल,कवडडी,शटपुट,दौड,लंगजम्प, हाइजम्प र त्रिपलजम्प,ज्याभलिङ थ्रो लगायतका छुट्टा छुट्टै खेलहरु सञ्चालन गरिने माछापुच्छे गाउँपालिका भलिवल संधका संयोजक एवं रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन मुल समितिका सदस्य राम पुनले बताए ।
आइतवार भएका खेलहरुमा मार्च पास प्रतियोगिता तर्फ प्रथम शारदा मा.वि ,द्धितिय माछापुच्छे« मा.वि ,तृतिय निष्पक्ष मा.वि भएको छ ।
पुरुष १५०० मि. दौडमा प्रथम महेन्द्र मा.वि लाहाचोकका तेज प्रसाद ढकाल, द्धितिय गौरिशंकर मनिलाल मा.वि का विमल राना , तृतिय निष्पक्ष मा.विका अमित भण्डारी भएका यिए । महिला १५०० मिटर दौडामा प्रथम उदय मा.वि कि करुण कुमाई ,द्धितिय महेनद्र मा.वि कि एलिसा परिवार ,तृतिय निष्पक्ष मा.वि कि सोनिया वि.क रहेका छन् ।
सटफुट छात्रतर्फ प्रथम माछापुच्छे« मा.विका रोजिता वि.क,द्धितिय निष्पक्ष मा.विका अमित भण्डारी,तृतिय शिव वि.क रहेका छन् । छात्रा तर्फ प्रथम बराह मा.वि कि सुनिता वि.क,द्धितिय गौरिशंकर मनिलाल मा.वि कि दुर्गा नेपाली ,तृतिय निष्पक्ष मा.वि कि कोपिला गुरुङ । यससंगै माछापुच्छे« मा.विले १ स्वर्ण, महिन्द्र मा.विले १ स्वर्ण र १ रजत ,निष्पक्ष मा.विले १ रजत ३ कास्य ,वराह मा.विले १ स्वर्ण १ कास्य ,उदय मा.विले १ स्वर्ण साथै गौरिशंकर मनिलाल मा.विले २ रजत प्राप्त गरेका छन् ।
प्रकाशित मिति २०७९ मङ्सिर २६ गते सोमबार ०२:३३