लियो हेमजाले गर्यो दर खुवाउने साथै तिजको शुभकामना आदानप्रदान

लियो हेमजाले गर्यो दर खुवाउने साथै तिजको शुभकामना आदानप्रदान

निराजन अधिकाकी

@SancharBani

२०७९ भदौ १३ गते सोमबार ०४:४०

हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अबसरमा क्लबमा आबद्द दिदीबहिनीहरुलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरिएको थियो ।

हेमजा, ११ भदौ,लियो क्लब अफ हेमजाले शनिबार पोखरा २५ हेमजामा दर खाने कार्यक्रम गरेको छ ।

हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अबसरमा क्लबमा आबद्द दिदीबहिनीहरुलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य धना तिमिल्सिनाले तिजको सुभकामना दिदै क्लबले समाजमा गरेका काम प्रति अफु साथै वडा र महानगर सन्तुस्ट रहेको बताउदै आगामी दिनमा राम्रो काम गर्न प्रेरणा दिइन । उनले क्लबलाई आवस्यक साथ, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता गरिन ।

उक्त अवसरमा बिशेष अथितिमा पोखरा २५ ,हेमजा वडा सदस्य तारा बि.क ,साथै लियो जिल्ला परिषद ३२५ जे नेपालका जिल्ला उपाध्यक्ष बिष्णु प्रसाद दाहाल,कमिटीका प्रमुख सबिना तिमिल्सिना, ट्रेनिंग पोल सेकरेटरि बिकाश त्रिपाठी, जिल्ला सह– कोषाध्यक्ष बिजय त्रिपाठी लगायतले बोलेका थिए।

महिला सदस्यको पर्तिनिधित्तो गर्दै लियो सदस्य अनिशा अधिकारीले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरेकी थिइन ।
प्रथम उपाध्यक्ष मनोज त्रिपाठीले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजाको अबिभाद्न रुकबिना कुवारले र लियो प्लेज सन्तोष त्रिपाठीले बाचन गरेका थिए ।

क्लबका अध्यक्ष निराजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक दिवस बरालले र सञ्चालन कपिल दाहालले गरका थिए ।

प्रकाशित मिति २०७९ भदौ १३ गते सोमबार ०४:४०
प्रतिक्रिया दिनुहोस