पोखरा/रोटरी क्लब अफ पोखरा न्युरोड,ईनर ह्विल क्लब अफ न्युरोड पोखरा र रोट़याक्ट क्लब अफ न्युरोड पोखराको सयुक्त आयोजनामा डक्टर्स डेन्टल क्लिनिकसंगको सहकार्यमा जनप्रिय माबि सिमलचौर पोखराका करिब ८८० बिधार्थीको निशुल्क दन्त परीक्षण गरिएको छ।
दन्त परिक्षणमा बिधार्थीहरु खुसीसाथ सहभागी भएका थिए । जटिल समस्या भएका बिधार्थीहरूका अभिभाबकहरूको समेत सहभागीता रहेको थियो। बिहान १०:०० बजेबाट सांझ ४:३० बजेसम्म संचालन भएको क्यापमा दाँतका समस्या समाधान गर्न डक्टर्स डेन्टलका तर्फबाट डा.नबराज लम्डारी,डा.सन्जु बास्तोला,डा.सुस्मिता तिमिल्सीना, निर्देशक गणेश गिरी प्राविधिक कबिता रावत, सिमा मगर सम्मीलित रहेका थिए ।
कार्यक़मको सुरुवातमा बिद्यालयका सबै बिधार्थीहरुलाई डेन्टल क्याम्पको बारेमा जानकारी सहित उद्घाटन कार्यक़म आयोजना गरिएको थियो ! कार्यक़ममा बोल्दै बिद्यालायका प्राचार्य देबि प्रशाद बस्ताकोटीले रोटरीले आफ्नो बिधालयमा धेरै काम गरेको साथै उहाँले आजको डेन्टल क्यापबाट बिधार्थीलाई धेरै लाभ हुने बताउनु भयो ।
कार्यक्रमबारे प्रकाश रोटरी क्लब अफ पोखरा न्युरोडका पुर्व अध्यक्ष पुष्पकमल पौडेलले पार्नुभएको थियो । कार्यक़ममा सर्भिस प्रोजेक्ट चेयर मुनिराम शर्मा, रोटरी क्लव अफ पोखरा न्युरोडका अध्यक्ष गीता सिग्देल,ईनर ह्विल क्लव अफ न्युरोड पोखराका अध्यक्ष नारायणी बास्तोला,रोट्याक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष उत्सब ढकाल, एजी लक्ष्मी थापा गिरीले रोटरीको बारेमा बोल्नु भएको थियो । कार्यक्रम संन्चालन रोटरी क्लब अफ न्युरोड पोखराका सचिब छबि सुबेदीले गर्नु भएको थियो ।
कार्यक्रमका केहि तस्विरहरुः







प्रकाशित मिति २०७९ साउन २८ गते शनिवार १०:२४