गीतलाई नमस्ते पाेखरा व्राेडकास्टिङ स्टुडियो युटव च्यानलले वजारमा ल्याएको हाे। वाग्लेको यसअघि आइन छोरी भनेर ,नरोए आमा २०७५ जागिरे नारीको पीडा भाग १, गरिन गुनासो , जागिरे नारी भाग- २ ,शहरको सुविधा र म , दर्जा बेरोजगारको ,आउ सङगी रमाईलो गरौ बरिलै, रमाईलो माइतैमा र जड्याह पोइ वजारमा आयका छन्।
२५ श्रावण २०७९, बुधबार, पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो हाेटल र पाटि प्यालेसमा टिकटमा दर खाने कार्यक्रमले समेत तीजमा विकृति भित्र्याउने वताउनु भयाे।राष्ट्रलाई चिनाउन कला,संस्कृतिकाे महत्त्वपूर्ण भुमिका रहने वताउदै उहाँले राज्यले कलाकारकाे याेगदानकाे उचित कदर गर्नुपर्नेमा जाेड दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पछिल्लो समय विकृतिजन्य गीतहरु वजारमा आउनेक्रम बढेको उल्लेख गर्दै मिडियाले माैलिक गीतलाई प्राथमिकतामा राखेर प्रकाशन /प्रसारण गर्नु पर्नेमा जाेड दिनुभयो ।भाषा,कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा मिडियाकाे महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाइ थियाे।उहाँले कलाकारलाई राज्यले उचित ढंगले सम्बाेधन गर्नु पर्नेमा जाेडदिनुभयो ।
तीज गीतकाे समिक्षा गर्दै महाकाव्यकार वसन्त चालिसेले वाग्लेका गीतमा समाजकाे यथार्थता झल्किएकाे वताउनुभयाे।बढ्दो बसाइँसराइका कारणले गाउँपाखा उजाड भएको कुरालाई वाग्लेले गीतमार्फत उजागर गर्न खाेजेकाे उहाँको भनाइ थियाे।
गायिका एवम् गीतका निर्माता चन्द्रावती वाग्लेले समाजमा घट्ने घटनाक्रमलाई गीत मार्फत उजागर गर्नु एउटा सचेत नागरिकको दायित्व सम्झदै बर्सेनि तीजका एल्बम वजारमा ल्याउने गरेको बताउनु भयाे।
त्यसैगरी मौलीकता बोकेका गीतहरुलाई पोत्साहन गरौ छाडा र अपाच्य गीत हरुलाई निरुत्साही गरौ भन्दै निर्देशक एबम स्टुडियो संन्चालक छबि सुबेदीले आफ्नो भनाई राख्नु भयो ! गीतकाे भिडियो निर्देशन /छायांकन /सम्पादन शिवराज भुर्तेलले गर्नुभएको हाे। संगीत संयोजन र रेकर्डिङ साहिल गायकले गरेका हुन। भिडियोमा कलाकार कलाकार तीर्थराज वाग्ले,विष्णुमाया भुर्तेल,सपना तिवारी र सुनिता नेपालीले अभिनय गर्नुभएको छ।
गीतलाई नमस्ते पाेखरा व्राेडकास्टिङ स्टुडियो युटव च्यानलले वजारमा ल्याएको हाे। वाग्लेको यसअघि आइन छोरी भनेर ,नरोए आमा २०७५ जागिरे नारीको पीडा भाग १, गरिन गुनासो , जागिरे नारी भाग- २ ,शहरको सुविधा र म , दर्जा बेरोजगारको ,आउ सङगी रमाईलो गरौ बरिलै, रमाईलो माइतैमा र जड्याह पोइ वजारमा आयका छन्।
नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकाे तेस्रो स्थापना दिवसका अवसरमा गरिएको विमाेचन कार्यक्रममा संस्थाका उपाध्यक्ष अम्विका भण्डारी ,न्युराेड महिला उत्थान मंचका अध्यक्ष अम्विका भण्डारी ,साहित्यकार गायत्री पराजुली ,गीता तिवारी ,सहनशीला पाैडेल लगायतले वाेल्नुभएकाे थियाे। नारी प्रतिभा वाङ्मय प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन सचिव लक्ष्मी थापाले गर्नु भएको थियाे।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807