राष्ट्रिय संगीतकर्मी संघ कास्कीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ।
अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाहले अरुले संस्था कसरी चलाएका छन् भन्दा पनि अाफुले कसरी संस्था चलाउने तर्फ सोच्न सबैलाई अाग्रह गरेका छन्। अरुको देखासिखी गर्नुको सट्टा अाफ्नाे हैसियत अनुसार चल्न सबैमा अनुरोध समेत गरेका छन् ।
अधिवेशनले ऋषिराम दाहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वितीय उपाध्यक्षमा जौमाया हिताङ, उपाध्यक्षमा कपिल श्रेष्ठ, सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी कोषाध्यक्षमा राजन सुवेदी, सह सचिवमा रिजोन बस्ताकोटी, सह कोषाध्यक्षमा हरिराज कोइराला तथा सदस्यहरुमा क्रमश सपना सुनार, सोनिया कार्की खत्री, ऋषिराम बास्तोला बाबुराम, सृजना श्रेष्ठ र गंगा परियार रहेका छन्।
कार्यक्रममा संस्थाप्रति योगदान पुर्याउने संस्थाका प्रथम उपाध्यक्ष कल्याणी अधिकारी, उपाध्यक्ष सागर कार्की, सह सचिव राजन सुवेदी एवम् पत्रकारिताको माध्यमबाट कलाकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याउने पोख्रेली पत्रकार राजाराम पौडेललाई सम्मान गरेको छ।
राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रदेश अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार छवि सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना लगाएतले शुभकामना मन्तव्य राखेका थिए।
नवनिर्वाचित जिल्ला कार्यसमिति, नगर समिति तथा ईकाई संयोजकलाई निर्वाचन मण्डलका प्रतिनिधिहरु विनोद ढकाल, शंकर ढकाल , नारायण प्रसाद सिग्देल, कृष्णप्रसाद गौतम र करण तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
प्रकाशित मिति २०७९ साउन ७ गते शनिवार ०३:२६