पोखरा,१८ असार पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य ज्युको प्रमूख आतिथ्यतामा रोटरी क्लब अफ पोखरा न्युरोडको पदस्थापन समारोह तथा विरुवा हस्तान्तरण कार्यक्रम उपस्थित सम्पुर्णलाई एक एक वटा फलफुलका विरुवा हस्तान्तरण गरेर सम्पन्न भयो ।

बर्ष २०२१।२२ का अध्यक्ष सुवर्ण प्रसाद कोइरालाले आफ्नो कार्यकालमा भएका बिभिन्न गतिविधिहरु समेतको उल्लेख गर्नु भएको थियो। कोबिडले पारेको असरका बाबजुद पनि रोटरीको मान्यता बमोजिम शिक्षा,स्वास्थ्य लगायतका सामाजिक कार्यमा उल्लेखनिय कार्य सम्पन्न गरेको बताउनु भयो । यसैगरी २०२२।२३ का नव निर्वाचित अध्यक्ष गिता सिग्देलले अगामी वर्ष नियमित गरिने कार्यक्रमहरुलाई निरन्तरता दिदै समाज रुपान्तरणकालागि अझ थप कार्यहरु अगाडि बढाउने कार्यमा तल्लीन रहने बताउनुभयो ।

आजैबाट हाम्रो कार्य प्रारम्भ भएको छ । हामीले यहॉ आउने सम्पुर्ण अतिथी लगायतका पाहुनालाई एक घर एक फलफुलको बिरुवा हस्तान्तरण गरेर सुरुवात गरेका छौ ।यसैबिच ब्न् तथा पूर्व अध्यक्ष प्रेम प्रसाद शर्माले बर्ष २०२२।२३ का अध्यक्ष गिता सिग्देललाई सपथ खुवाउनुभयो । पदस्थापन समारोहमा रोटरीका ए.जी राजेन्द्र लिगलले रोटरीले सामाजिक कार्य निरन्तर गर्दे आइरहेको र भविश्यमा पोखरा महानगरसंग मिलेर काम गर्न आतुर रहेको बताउनुभयो ।

यसैगरी नेपाल जेसीजका पुर्व अध्यक्ष कार्यक्रमका विशेष अतिथी विकल प्रसाद शेरचनले सामाजिक कार्य गर्नु अति राम्रो कार्य हो र पनि अब हामीले पहिला आफु स्वस्थ्य हुनुपर्छ । ध्यान र योग गर्दा मस्तिष्क स्वच्छ हुन्छ र समाजसेवामा समर्पित होईन्छ। हामीले अब सुरुवात गरौँ बच्चा देखि वूद्ध सम्मलाई अति नै लाभ हुने भएकोले यो कार्यमा हामी अब लाग्नुपर्छ ।

प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई समृद्ध बनाउन कुनै कसर बॉकी नराखी काम गर्ने साथै रोटरी जस्ता अन्तराष्ट्रिय क्लबहरुसंग पोखराको हितमा सहकार्य गरेर काम गर्ने बताउनुभयो । उहॉले आफ्नो जीत सम्पुर्ण पोखरेलीको आशा र भरोसाको जीत हो । त्यसैले सबैको चाहाना बमोजिम सहकार्य गरेर पोखरालाई व्यवस्थित र उत्कृष्ट शहर बनाउन लागिपर्ने बताउनुभयो । रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा महानगरपालिकालाई मानार्थ सदस्य बनाएकोमा ज्यादै खुसी लागेको बताउनुभयो ।
प्रकाशित मिति २०७९ असार २० गते सोमबार ११:५१