पाेखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलाे कार्यक्रम नियमित गरेका छन् ।घरदैलो कार्यक्रममा उत्साहित हुँदै त्यहाँका बासिन्दाहरूले सूर्य चिन्हमा खुसि हुदै भाेट खसाल्ने बताए । चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५जनालाईनि जिताउने बताए ।

चुनाव प्रचारप्रसार समिति सह संयाेजक तथा पाेखरा २६वडा कमिटी सचिब सूर्य प्रकास ढुंगानाकाे नेतृत्वमा भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुराेध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष सरस्वती रानाभाट तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकाेटा ,खड्का रानाभाट लगायत पदाधिकारीहरुकाे सकृय सहभागिता रहेकाे थियाे ।अाज अधिकारीथर, चाैरथर,भट्टे थर ,लाल्सि डाँडा,लगायत ठाउँमा घर दैलाे गरेका छन् ।

घर दैलाेमा स्थानीय बासिन्दा ७०बर्षिय अामा जमुना सुनार बाट टीका लगाएर सुरु गरेका छन् । बुढेस कालमा पाल्ने पार्टी नै एमाले रहेको बताईउदै सुनारले जसरी पनि एमालेलाई जिताउन अनुराेध गरिन् ।घरदैलो कार्यक्रममा २५०जना भन्दा बढि उपस्थिति रहेकाे प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताए ।
प्रकाशित मिति २०७९ बैशाख १७ गते शनिवार ०३:५१