पाेखरा २६का नेकपा एमाले उम्मेदवारले सागकाे मुख क्षेत्रबाट घरदैलाे कार्यक्रम सुरु गरेका छन् ।सहिद कृष्ण बहादुर भुजेलकाे कसम खादै चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५ जनालाईनि जिताउने बताए ।

कार्यक्रममा सहिद का बुवा भिम बहादुर भुजेलले जसरी पनि एमालेलाई जिताउन कुनै कसर नराख्ने बताए ।त्यसैगरि अग्रज नेता लिलाधर बरालले सूय ध्वाजाबाहक उम्मेदवार लाई राेक्न कसैले नसक्ने बताए ।

चुनाव प्रचारप्रसार समिति संयाेजक तथा पाेखरा २६वडा कमिटी अध्यक्ष रामचन्द्र तिमिल्सिना नेतृत्वमा भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुराेध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष सरस्वती रानाभाट तथा पदाधिकारीहरुकाे सकृय सहभागिता रहेकाे थियाे ।



प्रकाशित मिति २०७९ बैशाख १४ गते बुधबार १२:०६