चैत्र/५ स्वास्थ्य लाभको खुसीयालिमा दिवा भोज तथा नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा मझेरी पाटन पोखरा १४ को स्वर्गद्वारी निवामा सम्पन्न भएको छ ।
वरिष्ठ शिक्षासेवि साहित्यकार क्षेत्र बहादुर कुँवरलाई गत २०७७ चैत्र २० गते राती १० बजेको समयमा यु. जि. आई को कारणबाट स्वास्थ्यमा गम्भीर समस्या भएपछि पोखराको हस्पिटलहरुमा सम्भव नभएपछि हेलिकप्टरबाट पोखरा देखी काठमाडौको ग्राण्डी हस्पिटल पुर्याईएको थियो र २४ दिन उपचारमा राखी स्वास्थ्यलाभ गराई उहाँलाई पोखरा घरमा ल्याइयो र सोको खुसी साट्न नपाउदै अलौकिक कवि देशभक्त सिह कुँवर लाई २०७८ असार ३ गते बाट कोविड १९ को संक्रमणले अचानक विरामी भएर स्वास्थ्यमा जटिल समस्या हुन गयो र उपचारको क्रममा पोखराका हस्पिटलहरुमा उपचार निको हुने सम्भब नदेखिएपछि तुरुन्तै हेलिकप्टरबाट काठमाडौको ग्राण्डी हस्पिटलमा लगियो र १ महिनाको उपचार पछि स्वास्थ्य लाभ गराई वहाँलाई स्वास्थ्यकै कारण चिकित्सकको सल्लाह अनुसार हेलिकप्टरबाट नै पोखरा आफ्नै निवास ल्याइएको थियो।

त्यसैले उहाँहरु दुईको सफल स्वास्थ्यलाभ भएको खुसी यालिमा आयोजित दिवा भोज तथा नब बर्ष २०७९ सालको पावन अवसरमा शुभकामना आदन प्रदान कार्यक्रममा अलौकिक कवि देशभक्त सिंह कुँवर को सभापतित्वमा भएको समारोहमा प्रमुख अतिथि बरिष्ठ शिक्षाबिद :बालगोपाल अमात्यले अलौकिक कवि देशभक्त सिंह कुँवर राष्ट्रकै क्षमतावान सम्पती भएको उल्लेख गर्नु भएको थियो र साहित्यकार शिक्षासेवि क्षेत्र बहादुर कुँवर जस्तो शिक्षा र साहित्य र राजनीति क्षेत्रमा योगदान गर्ने ब्यक्ती समाजमा कमै मात्र पाइने बताउनु भयो र दुबै जनालाई आशीर्वाद र शुभकामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा बिशेष व्यक्ति शिक्षासेवि साहित्यकार : क्षेत्र बहादु कुँवरले आफू बिरामी हुदा भेट्न आउने र हौसला दिने सबै शुभचिन्तकहरुलाई धन्यवाद दिनु भएको थियो । कलाप्रेमी समाजसेवी राम देबि कुँवरले सबैलाई आभार व्यक्त गर्दै खुसी प्रकट गर्नु भएको थियो त्यसैगरी कार्यक्रममा स्वागत भासण पार्वती ढुंगानाले गर्नु भएको थियो भने शुभकामना मन्तव : समाजसेवी बोधराज कार्की , पर्यटन ब्यवसायी एवम् कुशल शिक्षिका विश्व शान्ती कुँवर , अधिवक्ता बोधराज बराल , शिक्षासेवी कृष्ण बहादुर कुँवर “बटुकृष्ण”, समाजसेवी बल बहादुर सेन्चुरी , शिक्षासेवी कमल राज ढुंगाना , साहित्यकार मदन भण्डारी ,
पत्रकार नारायणा भण्डारी,शिक्षासेवी तुलसी प्रसाद चापागाईं , कृषि कार्यलय सचिव बेद प्रसाद पौडेल , उत्तम बस्नेत , संचारकर्मी तिर्सना लक्ष्मी गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो

उक्त कार्यक्रममा शिक्षाबिद बाल गोपाल अमात्य देवेन्द्र एस के शाही र संचारकर्मी सपना कुँवर लाई सम्मान गरिएको थियो कार्यक्रम सन्चालन उत्कृष्ट उदघोषक देवेन्द्र शाहीले गर्नु भएको थियो । आयोजक पोखरा वाङ्गमय प्रतिष्ठान रहेको कार्यक्रममा ब्यबस्थापन अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठान नेपालले गरेको समारोहमा बिशिस्ट ब्याक्तित्वहरुको ठूलो उपस्थिति रहेको थियो । अलौकिक कवि देशभक्त सिंह कुँवर अग्रज शिक्षासेवि साहित्यकार क्षेत्र बहादुर कुँवरको जेष्ठ सुपुत्र हुनुहुन्छ ।

कार्यक्रम समापनमा अलौकिक कवि देशभक्त सिंह कुँवर बिरामी हुदा हस्पिटलमा मृत्यु सङ्ग लडिरहेको कुरा सम्झिएर भावविह्वल हुँदै अब आउने पछिल्लो कृति दोस्रो जुनि ग्राण्डी हस्पिटलमा गम्भीर अवस्थामा रहदा नै लेख्नु भएको जानकारी दिनु भएको थियो र कार्यक्रममा आउनुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै दोस्रो जुनि कविता सङ्ग्रह बाट टाइटल कविता बाचन गर्नु भएको थियो । २०७९ को असार १ गते आफ्नो जन्मदिनमा उक्त कृति लोकार्पण हुने उहाले सबैलाई अग्रिम जानकारी समेत दिनु भएको छ ।




प्रकाशित मिति २०७८ चैत ७ गते सोमबार ०२:३८