लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत "मोहनी फुकाई देउ" तुलसी क्षेत्री अफिसियल युट्युब च्यानल मार्फत सर्बत्र बजारमा आएको छ । जुन गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी...
लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ” तुलसी क्षेत्री अफिसियल युट्युब च्यानल मार्फत सर्बत्र बजारमा आएको छ । जुन गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ ।
यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै अनुनय बिनय गरेका छन् । भिजुवलमा गायक गायिका आपसमा निकै रोचक दोहोरी जुगलबन्दी गरि रोधीं नदिएको देखाइएको छ । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ
गीत र गीतको भिजुयल निकै दमदार बनेको छ । यसरी गीतको जुन मर्म छ त्यो मर्मलाई उत्तिकै न्याय गर्ने गरि भिडियो वनाइदिएकोमा खुशी ब्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडियो युनिटलाई धन्यवाद ब्यक्त गरेकी छिन् । यस भिडियोको भिडियो निर्देशक होम तमु र छायांकन गणेश सापकोटा र इडिटिङ सुवास अम्गाईले गरेका हुन । जसको पोष्ट प्रोडक्सनको काम फलानो क्रियशनले गरेको छ ।
लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत संगीत र सिने जगतको गर्विलो नाम हो । समय सन्दर्भ अनुसारका गीत संगीत पस्किरहने सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, बिछोड, बियोगसङ्गै तीज, दशैं, तिहार बिशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् ।
यो गीतले उनलाई थप पहिचान दिनेमा उनी बिश्वस्त रहेकी छिन् ।
बाला जोबन, ब्लाक एन्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्यो बिरलै, दुःख पाइदो रैछ आदि उनीद्वारा स्वरबद्ध लोकप्रिय गीतहरू हुन । गायन सङ्ग सङ्गै अभिनय कलामा पनि उत्तिकै पारङ्गत तुलसीले अग्निदहन, क्या बात चलचित्र र अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने उनीद्वारा अभिनित चलचित्र “वडा अध्यक्ष” रिलिज हुने क्रममा रहेको छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807