जवानीमा दु’श्मनी, उमेर ढलेपछी दोस्ती यी सेलिब्रिटी

जवानीमा दु’श्मनी, उमेर ढलेपछी दोस्ती यी सेलिब्रिटी

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ३० गते मङ्गलबार ०३:१२

मनोरञ्जनको दुनियाँ निकै अचम्मको छ । यहाँ पल भरमै दोस्ती हुन्छ त पल भरमै दु'श्मनी । कुनैबेला वर्षौंसम्म सँगै काम गर्ने कलाकार अचानक एक–अर्काबाट टाढा हुन्छन् त एक अर्कासँग टाढै बस्ने कलाकार अचानक निकै मिल्ने साथी बनिदिन्छन् । त्यसैले...

मनोरञ्जनको दुनियाँ निकै अचम्मको छ । यहाँ पल भरमै दोस्ती हुन्छ त पल भरमै दु’श्मनी । कुनैबेला वर्षौंसम्म सँगै काम गर्ने कलाकार अचानक एक–अर्काबाट टाढा हुन्छन् त एक अर्कासँग टाढै बस्ने कलाकार अचानक निकै मिल्ने साथी बनिदिन्छन् । त्यसैले त यसलाई अचम्मको भनिएको हो यो चकाचौंधको दुनियाँमा यस्ता कुरालाई निकै सामान्य रुपमा हेरिन्छ ।

उमेर ढल्केसँगै मिल्ने साथी बने यी कलाकारः
करियरको उचाईमा हुँदा कलाकारबीच जतिसुकै खिँ’चातानी देखिएपछि उमेर ढलेसँगै एक–अर्काका निकै मिल्ने साथी बनेका उदाहरण धेरै छन् । आज त्यस्ता कलाकारबारे कुरा गरौं जसको उमेर ढलेसँगै दोस्ती बढ्यो ।

राजेश खन्ना–अमिताभ बच्चनः

राजेश खन्ना भारतका पहिलो सुपरस्टार थिए र उनको नाममा लगातार १५ वटा हिट फिल्म दिएको रेकर्ड छ । यद्यपि, इन्डष्ट्रिमा अमिताभको इन्ट्रि भएपछि भने राजेश खन्नाको फिल्म फ्लप हुन थाले । त्यतिबेला राजेश खन्ना अमिताभसँग निकै रि’साउन थालेको पनि भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । यद्यपि, जीवनको अन्तिम समयमा राजेश खन्नाले सबैकुरा बिर्सिएर अमिताभ बच्चनसँग राम्रो सम्बन्ध स्थापित भएको थियो । उनको नि’धन हुँदा पूरा बच्चन परिवार खन्ना परिवारको साथमा थियो ।

दिलिप कुमार–देव आनन्दः

दिलिप कुमार र देव आनन्द दुबै हिन्दी सिनेमाका चर्चित सेलिब्रिटी हुन् । अभिनयदेखि लुक्ससम्म हरेक मामिलामा दुबै सेलिब्रिटीलले करोडौंलाई आफ्नो प्रशंसक बनाए । यद्यपि, सुरैयाको विषयमा दिलिप र देव आनन्दमा निकै ति’त्तता आएको थियो तर सुरैया न त दिलिपको भइन् न नै देव आनन्दको । यी दुईबीच थुप्रै वर्षसम्म बोलचाल भएन तर पछि यी दुईको सम्बन्ध राम्रो भयो ।

शाहरुख खान–सलमान खानः

शाहरुख र सलमान यी दुबै बलिउड उद्योगका सुपरस्टार हुन् । उनीहरुको स्टारडमको सधैं तुलना हुँदै आएको छ । यद्यपि, यी दुईबीच कहिले दोस्ती त कहिले दु’श्मनी देख्न पाइन्छ । सन् २००८ मा भएको एक झ’गडामा सलमान–शाहरुखबीच हा’त हा’लाहाल भएको थियो । यद्यपि, आज दुबैको सम्बन्ध निकै शानदार छ । शाहरुखका छोरा आर्यनको गि’रफ्तारी हुँदा सलमान सबैभन्दा पहिला उनको घर पुगेका थिए ।

धर्मेन्द्र–जितेन्द्रः

एक समय यस्तो थियो जब इन्डष्ट्रिमा धर्मेन्द्र र जितेन्द्रलाई धर्मवीरको नामले चिनिन्थ्यो । यद्यपि, हेमा मालिनीका कारण यी दुईको सम्बन्ध चिसियो । यी दुबै हेमा मालिनीलाई मन पराउँथे तर हेमाले धर्मेन्द्रलाई रोजिन्, त्यसपछि उनीहरुको दोस्ती टु’ट्यो । थुप्रै वर्षसम्म उनीहरुले एक–अर्काको मुख पनि हेरेनन् तर उमेर बढेसँगै उनीहरुको रिस कम भयो र आज यी दुईबीच सबै कुरा राम्रो छ ।

जुही चावला–माधुरी दिक्षितः

जुही र माधुरीलाई एक समय एक–अर्काको प्रतिद्व’न्द्वी मानिन्थ्यो । जुहीको सुन्दरता र अभिनयका धेरै पारखी थिए यता माधुरीले आफ्नो मुस्कान र अभिनयले धेरैलाई आफूतर्फ आकर्षित गरेकी थिइन् । एक समय यी दुई एक–अर्काको मुख पनि हेर्न नचाहेको भारतीय सञ्चार माध्यमले बताउने गर्छन् । यद्यपि, समय बित्दै गएसँगै यी दुईबीचको सम्बन्ध ठिक भयो र अब उनीहरुलाई धेरैजसो कार्यक्रममा सँगै देख्न सकिन्छ ।

करिना–प्रियंकाः

करिना कपुर खान र प्रियंका चोपडा पनि एक समय एक–अर्काका सबैभन्दा ठूला दु’श्मन मानिन्थे । इन्टष्ट्रिमा एक समान स्टेटस र शाहिद कपुरसँग अफेयरका कारण यी दुईबीच निकै त’नाव देखिएको थियो । यद्यपि, अब करिनाले पनि निकै नाम कमाइसकेकी छिन् र यता प्रियंकाले पनि बलिउडसँगै हलिउडमा सफलता पाइरहेकी छिन् । उमेर बढेसँगै यी दुईबीच दोस्ती भयो र उनीहरुलाई कफी विद करणमा एकसाथ देखिएको थियो ।

प्रकाशित मिति २०७८ कार्तिक ३० गते मङ्गलबार ०३:१२
प्रतिक्रिया दिनुहोस