आफ्नो विवाहको पहिलो निम्ता दिन सलमानकोमा पुगेकी कट्रिनालाइ सलमानले यस्तो जवाफ

आफ्नो विवाहको पहिलो निम्ता दिन सलमानकोमा पुगेकी कट्रिनालाइ सलमानले यस्तो जवाफ

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २९ गते सोमबार ०४:५५

यस वर्ष बलिउडमा विवाहको लहर चलेको छ। कलाकारद्वय कट्रिना कैफ र विक्की कौशलको विवाहको प्रतीक्षा गरिरहेका छन् फ्यानहरू। भारतीय सञ्चारमाध्यमअनुसार दुई जनाले आगामी डिसेम्बर ७ देखि ९ तारिखबीच राजस्थानको सवाई माधोवपुरस्थित सिक्स...

यस वर्ष बलिउडमा विवाहको लहर चलेको छ। कलाकारद्वय कट्रिना कैफ र विक्की कौशलको विवाहको प्रतीक्षा गरिरहेका छन् फ्यानहरू। भारतीय सञ्चारमाध्यमअनुसार दुई जनाले आगामी डिसेम्बर ७ देखि ९ तारिखबीच राजस्थानको सवाई माधोवपुरस्थित सिक्स सेन्सेस फोर्ट बारवरा रिसोर्टमा विवाह गर्नेछन्। दुवै कलाकारका टोली तयारी हेर्न जयपुर पुगेका छन्।

विवाहमा नजिकका साथी र परिवारका सदस्यलाई मात्र बोलाइएको छ। कट्रिनाको सबैभन्दा नजिकका साथी सलमान खानलाई उनले आफ्नो विवाहको पहिलो निम्ता दिएकी थिइन् । सलमानको परिवारसंग पनि कट्रिनाको निकै राम्रो स म्ब न्ध छ । तर सलमान भने कट्रिनाको विवाहमा नजाने भएका छन् । भारतीय मिडियाले सलमान खान आफ्नो परिवारका साथ यो विवाह कार्यक्रममा सहभागी हुने छैनन्।

सलमान खान हुने छैनन् सहभागी
मिडिया रिपोर्टका अनुसार सुपरस्टार सलमान खान आफ्नो परिवारका साथ यो विवाह कार्यक्रममा सहभागी हुने छैनन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार सलमानले कट्रिना र विक्कीको विवाह छाड्न सक्छन्। तर कारण समाचारमा दिइएकाे छैन। विवाहको निमन्त्रणा भने सबैभन्दा पहिला सलमान खान र उनको परिवारलाई पठाइएको बताइएको छ।

सबैलाई थाहा भएकै कुरा हो– कट्रिना कैफ र सलमान खानबीच पारिवारिक सम्बन्ध छ। राम्रो होस् वा नराम्रो दुवै समयमा प्रायः कट्रिनाका साथमा सलमान खान हुने गरेका छन्। आफ्नो विवाहमा दुवै कलाकारले बलिउडका साथी र सल्लाहकारलाई बोलाउने भएका छन्।

इन्डिया टुडेका अनुसार थुप्रै मानिसहरु छन् जो यो सूचीमा समावेश हुँदैछन् । यी दुबैले इन्डिष्ट्रिका आफ्ना साथीहरु र मेन्टर्सलाई बोलाएका छन् । यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम समावेश छ । यसबाहेक वरुण धवन र नताशा दलाल पनि विवाहमा सरिक हुनसक्छन् ।

कट्रिना कैफको रोका सेरेमनी निर्देशक कबिर खानको मुम्बईस्थित घरमा भएको थियो । कट्रिना, कबिर खानका निकै नजिक छन् र उनीसँग पारिवारिक सम्बन्ध छ । कट्रिनाले कबिरलाई राखी लगाउँछिन् । रोका सेरेमनीमा विक्की र कट्रिनाको परिवार समावेश भएका थिए ।

प्रकाशित मिति २०७८ कार्तिक २९ गते सोमबार ०४:५५
प्रतिक्रिया दिनुहोस