पोखरामा अन्दाजी ४० बर्षका एक पुरुष हाम फालेर म-र्छु भन्दै फेवातालको छेउमा पुगेका छन्न । सिन्धुली तिर्तिरे ६ घर भइ बिगत २५ बर्ष अघि पोखरा आएका शुभ लाल तामाङले मिस्त्री काम गर्दै पोखरालाई कर्म थलो बनाएका थिए ।
१६ बर्षको कलिलो उमेरमा...
पोखरामा अन्दाजी ४० बर्षका एक पुरुष हाम फालेर म-र्छु भन्दै फेवातालको छेउमा पुगेका छन्न । सिन्धुली तिर्तिरे ६ घर भइ बिगत २५ बर्ष अघि पोखरा आएका शुभ लाल तामाङले मिस्त्री काम गर्दै पोखरालाई कर्म थलो बनाएका थिए ।
१६ बर्षको कलिलो उमेरमा वैवाहिक जिवनमा रहेका तामाङको जिवन खुशी साथनै बितेको थियो । ज्याला मजदुरी गरेर भएपनी एक छोरा एक छोरीको साथमा रमाइरहेका सकेका तामाङ को रमाइलो जिवनमा अचानक नरमाइलो भयो ।
करिब १३ बर्ष अघी श्रीमतीले साथ छोडेर अर्कै संग गएपछी उनको जिवन अत्यन्त धमिलो भयो छोरा छोरी दुबै लिएर श्रीमती हिनेपछी उनलाई नराम्रो चोट पर्यो । श्रीमतीले साथ छोडेर गएको करिव ६ बर्ष पछी पुन दोश्रो बिहे गरेका तामाङको दोश्रो श्रीमती बाट पनि एक छोराको जन्म हुन्छ ।
बिहेगरेको केही बर्षमै दोश्रो श्रीमती पनि छोरो काखमा च्यापेर अर्कै सङ गएपछी तामाङ लाई अत्यन्त पिडा हुन्छ । आफ्ना भन्नेहरुले साथ छोडेर जानू साथमा कोही नहुनु त्यस माथी बिरामी शरीर अर्काको सहारामा बाच्नु भन्दा मर्नु बेस भन्दै भक्कानिन्छन्न । राम्रो संग अँाखा पनि देख्न नसक्ने उनको शरीर भरी घाउनै घाउ छ । उपचार गर्न जाने पैसा छैन,मागेर कती दिन चल्छ भन्दै कति दिन कति रात भोकै बिताएको सुनाउने तामाङले मन थाम्न सक्दैनन् अनि आसुका धारा बगाउँदै एकोहोरो रुनमात्र थाल्छन्न ।
उनको यो अवस्था र उनी संगै गरिएको कुराकानीको पूरा भाग तल भिडीयोमा समाबेस छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807