भारत । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयको पुस्तकालयमा आत्महत्या गरेका छन् । छात्रको श]व पुस्तकालयको एक पंखामा झु’ण्डिरहेको पाइएको थियो । म’र्नुभन्दा अगाडि छात्रले एक प्राध्यापकलाई ईमेल गरेर आ’त्मह’त्याको बारेमा बताएका थिए ।
पंखामा झु’ण्डिन उनले टेलिफोनको तारको प्रयोग गरेका थिए । शुक्रवार दिउँसो मात्रै घटना भएको थाहा पाइएको नवभारत टाइम्सले एक समाचारमा उल्लेख गरेको छ । मृत’क ऋषि जे. थोमस एमए अन्तिम वर्षका छात्र थिए ।
म’र्नुभन्दा पहिले छात्रले एक प्रोफेसरलाई सु’साइड नोटको रुपमा एक ईमेल पठाएको त्यहाँका स्थानीय प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मेलमा थोमसले मृ]त्युलाई भौतिक रुपमा जान्न धेरै दिनदेखि इच्छा भएको उल्लेख गरेका छन् ।
थोमस मृ’त्युको जान्न उत्सुक भएको बताइएको छ । मानिस कसरी म’र्छ र मृ’त्यु कसरी आउँछ भन्ने जान्न नै थोमसले यस्तो गरेको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति २०७८ कार्तिक २४ गते बुधबार ०७:२३