काठमाडौँ । पाकिस्तानको कराचीमा आसिफ सिद्धिकी नामका एक व्यक्तिले तेस्रो विवाह गर्दै गर्दा पहिलो पत्नी विवाह स्थलमा आएपछि हंगामा भएको छ । आ’क्रोशित भिडले दुलाह बनेका आसिफलाई पिटेपछि उनको ज्यान बल्ल बल्ल बचेको विषय अहिले पाकिस्तानमा सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।
पाकिस्तानमा बहुविवाह कानुनी रुपमा भएपनि दोस्रो विवाह गर्दा पहिलो पत्नीको अनुमति भने हुनुपर्ने कानुन रहेको छ । आसिफकी पहिलो पत्नी मदिहा विवाह स्थलमा पुगेर दुलाह बनेका आसिफलाई गा’लि गर्न थालेपछि स्थिति असहज बनेको थियो । शुरुमा त दुलाही पक्षकाले कुरा बुझेनन् । तर जब मदिहाले आसिफ आफ्नो पति भएको बताउन थालिन अनि स्थिति असहज बनेको थियो ।
मदिहाले दुलही बनेकी महिलालाई उसको विवाह भैसकेको र बच्चा पनि रहेको बताएकी थिइन् । २०१६ मा उर्दु विश्वविद्यालयमा भेटपछि विवाह भएको उनले विवाह स्थलमै बताइन । साथै आसिफले २०१८ मा अर्को विवाह समेत गरिसकेको उनले दाबि गरिन ।
उर्दु विश्वविद्यालयमा जागिर गर्ने आसिफले २०१८ मा महिला विश्वविद्यालयकी टिचरसँग २०१८ मा विवाह गरेको उनले बताएकी छन् । मदिहाले आफुलाई धो’का दिएको भन्दै आसिफको भण्डाफोर गरेपछि दुलाही पक्षकाले आसिफलाई पि’टेका थिए । सामाजिक संजालमा चर्चामा रहेको यस विषयमा प्रहरीले भने पारिवारिक घटना भएकाले यसको निर्णय पारिवारिक अदालतले गर्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।
प्रकाशित मिति २०७८ कार्तिक २४ गते बुधबार ०५:४४