काठमाडौँ । भारतको कोलकतामा एक पुरुषले आफ्नी पत्नीका १४ प्रेमीहरुलाई नोटिस दिएर सय करोडको मुआब्जा मागेको विषय अहिले चर्चाको विषय बनेको छ । भारतीय मिडिया नव भारतटाइम्समा प्रकाशित समाचारका अनुसार पश्चिम बङ्गालको कोलकताका एक पुरुषले आफ्नी पत्नीले १४ पर पुरुषसँग सम्बन्ध बनाएको थाहापाएपछि उनीहरु सबैविरुद्ध मानहा’नीको मु’द्धा दायर गर्दै सय करोड माग गरेकको उल्लेख गरीएको छ ।
नोटिसमा पत्नीका ति १४ प्रेमीहरुलाई दुई साताभित्र सो रकम नदिए कानुनी का’रवाहीमा जाने उल्लेख गरिएको बताइएको छ । ति पुरुषलाई आफ्नी पत्नीको पर पुरुषसँग सम्बन्ध रहेको शं’का भएपछि उनले यस बारेमा अनुसन्धान गरेका थिए । उनले यस कामका लागि आफ्ना ड्राइभरलाई लगाएका थिए । ड्राइभरले जा’सुसी गर्दै १४ जनाको सुची तयार गरेका थिए ।
१४ जनाको सुची तयार भएपछि उनले सबैलाई विवाहित रहेको थाहा हुदा हुदै र मेरो बारेमा जानकारी हुदा हुदै मेरी पत्नीसँग सम्बन्ध बनाएर मेरो वैवाहिक जीवन ब’र्बाद गरेको भन्दै सो नोटिस पठाएको उल्लेख गरिएको छ ।
उनले दुई साताको समय दिएर रकम भुक्तानी गर्न अन्यथा कानुनी का’रवाहीको लागि तयार रहन चेतावनी समेत दिएको मिडिया रिपोर्टमा उल्लेख गरीएको छ ।
प्रकाशित मिति २०७८ कार्तिक २४ गते बुधबार ०५:०१