के तपाई पत्याउनु हुन्छ ? बेलुका हुनेबित्तिकै मानिसले भूतका लागि खाली गरिदिन्छन् स्टेशन, जहाँ भूतको राज चल्छ

के तपाई पत्याउनु हुन्छ ? बेलुका हुनेबित्तिकै मानिसले भूतका लागि खाली गरिदिन्छन् स्टेशन, जहाँ भूतको राज चल्छ

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २२ गते सोमबार ०४:११

भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लामा रहेको बगुनकोडोल रेलवे स्टेसन सन् १९६० मा सञ्चालनमा आएको थियो । सन् १९६७ मा उक्त स्टेसनमा काम गर्ने रेलवे कर्मचारीले स्टेसनमा महिलाको भूत देखेको दाबी गरे । त्यो अफवाह एक कान, दुई कान मैदान...

भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लामा रहेको बगुनकोडोल रेलवे स्टेसन सन् १९६० मा सञ्चालनमा आएको थियो । सन् १९६७ मा उक्त स्टेसनमा काम गर्ने रेलवे कर्मचारीले स्टेसनमा महिलाको भूत देखेको दाबी गरे ।

त्यो अफवाह एक कान, दुई कान मैदान हुँदै यत्रतत्र फैलियो । केही समयपछि रेल स्टेसनका इञ्चार्ज र उनको परिवारका सदस्य समेत रेलवे स्टेसनकै आवासमा मृ त फेला परेपछि डर फैलियो । मानिसहरू त्यो स्टेसनमा भूतको बास भएको र भुत बेलुकी भएपछि रेलको लिक तथा यत्रतत्र घुम्ने गरेको बताउँथे ।

अन्ततः उक्त स्टेसनबाट रेल चढ्न र त्यहाँ झर्न पनि मानिसहरू डराउन थाले । रेल चालकहरूले समेत उक्त स्टेसनमा रेल रोक्न छाडेपछि स्टेसन बन्द भयो । यो स्टेसन पूरै भारतभर चर्चामा थियो । आखिर बन्द भएको ४२ वर्षपछि सन् २००९ मा तत्कालीन रेलमन्त्री ममता बनर्जीले गाउँलेहरूको सहयोग र आग्रहमा उक्त रेल स्टेसनको पुनः सञ्चालनमा ल्याइन् ।

अहिले रेल स्टेशन खुल्ला त छ, तर बेलुकी सूर्य अस्ताएपछि स्टेसनमा रेल चढ्ने, ओर्लने कोही पनि हुँदैन । अरू त अरू स्टेसनमा रातको समयमा कर्मचारीहरू समेत बस्दैनन् । एजेन्सी

प्रकाशित मिति २०७८ कार्तिक २२ गते सोमबार ०४:११
प्रतिक्रिया दिनुहोस