पशुपति परिसरमा भेटिएकी यी किशोरीलाई अनुपम खेरले पढाउने

पशुपति परिसरमा भेटिएकी यी किशोरीलाई अनुपम खेरले पढाउने

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २० गते शनिवार ०४:२५

काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा भेटिएकी एक किशोरीको बलिउड अभिनेता अनुपम खेरले पढाइदिने भएका छन्। हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका क्रममा नेपाल आएको बेला खेरले आरती नामकी ती किशोरीलाई पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए। उनले...

काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा भेटिएकी एक किशोरीको बलिउड अभिनेता अनुपम खेरले पढाइदिने भएका छन्। हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका क्रममा नेपाल आएको बेला खेरले आरती नामकी ती किशोरीलाई पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए।

उनले उचाइ फिल्मको सुटिङ सकेपछि मंलबार ट्वीट गर्दै किशोरीको सबै पढाइ खर्च आफूले व्यहोर्ने वाचा गरेका हुन्। उनले ती बालिकाले भारतको राजस्थान घर बताएको उल्लेख गरेका छन्।

किशोरीले आफू स्कुल गएर पढ्न चाहेको खेरसँग बताएकी थिइन्। पैसा अभावमा स्कुल जान नसकेकी उनको इच्छा आफूले पूरा गर्ने उनले बताएका छन्। आफ्नो घर भारतको राजस्थान भएको बताउँदै किशोरीले उनीसँग पैसा मागेकी थिइन्। किशोरीमा राम्रो अंग्रेजी बोल्न सक्ने क्षमता रहेको भन्दै खेरले उनको प्रशंसा पनि गरेका छन्।

प्रकाशित मिति २०७८ कार्तिक २० गते शनिवार ०४:२५
प्रतिक्रिया दिनुहोस