जब बुहारी विवाहपछि भित्रिइन् तब केटाकी आमा बेहोस भइन् : होस खुलेपछि बिहे अस्वीकार !

जब बुहारी विवाहपछि भित्रिइन् तब केटाकी आमा बेहोस भइन् : होस खुलेपछि बिहे अस्वीकार !

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २० गते शनिवार ०३:०६

काठमाडौं । हरेक समयमा हाम्रा वरिपरी अच्चमका घटनाहरु भइरहका हुन्छन् । यस्तै एक आश्चर्यजनक घटना भारतबाट आएको छ । भारत, बिहारको सासाराममा त्यस्तो घटना देख्नमा आएको हो । सो कुरा अहिले जताततै चर्चाको विषय बन्यो । जब बुहारी विवाह पछि...

काठमाडौं । हरेक समयमा हाम्रा वरिपरी अच्चमका घटनाहरु भइरहका हुन्छन् । यस्तै एक आश्चर्यजनक घटना भारतबाट आएको छ । भारत, बिहारको सासाराममा त्यस्तो घटना देख्नमा आएको हो । सो कुरा अहिले जताततै चर्चाको विषय बन्यो ।

जब बुहारी विवाह पछि ससुराको घरमा पुगिन्, तब केटाकी आमा उनलाई देखेर बेहोस भइन् । जब सासु होसमा आइन्, उनले छोराको विवाहलाई स्वीकार गर्न मानिनन् । भएको के भने उनको छोराले किन्नर (भिन्न पहिचान भएकी) सँग विवाह गरेका थिए ।

त्यसकारण, समाजको कारण, ति महिलाले उनीहरू दुबैलाई घरबाट बाहिर निकालिन् । यो सबै दृश्य सासाराम जिल्लाको कारघरमा देखा परेको थियो । किन्नरसँग विवाह गर्ने युवकको घरमा बबाल भयो । परिवारका सदस्यहरू कुनै शर्तमा बुहारी स्वीकार गर्न तयार थिएनन् । जानकारी अनुसार कर्गहारका गोलू पहिले डान्स पार्टीमा काम गर्थे । यसैबीच उनी पानापुर निवासी किन्नर नन्दनीसँग प्रेममा परेका रहेछन् ।

दुवैले सँगै बस्ने निर्णय गरेर बिहे गरेको बयान दिएका छन् । विवाह पछि गोलू आफ्नी श्रीमती नन्दनीसँग कारघरको एउटा भाडाको घरमा बस्दै थिए । परिवारका सदस्यहरूले जब यो कुरा थाहा पाए, उनीहरुले दबाब दिएर छोरालाई किन्नर बुहारीबाट अलग गर्ने प्रयास नगरेका हेईनन् ।

तर जब केहि सिप नलगोपछि उनीहरूले आफ्नो छोरोलाई घरमा ल्याएर राम्रोसँग सम्झाएका थिए । कुरा त्यसबेला गडबड भयो जब नन्दनी आफ्नो पति खोज्दै गइन् । गोलूलाई खोज्दै उनी आफ्नो घर अर्थात् ससुरालीमा पुगिन् । किन्नर बुहारीलाई देखेर सासु बेहोस भइन् ।

अवस्था झनै खराब हुँदै गयो तब नन्दिनीले आफ्नो सासुलाई पानी छिम्केर होसमा ल्याउने प्रयास गरिन् । यो दृश्य देखेर वरपरका मानिसहरू आफ्नो घरतिर लाग्न थाले । सासू होसमा आउने बित्तिकै उनले घरकी नयाँ बुहारीलाई घरनिकाला गरिन् । त्यसपछि त्यो केटा पनि आफ्नी श्रीमतीसगै गयो । दुबै पति र पत्नी नजिकको आफन्तको घरमा गएर बसेको खुलेको छ ।

प्रकाशित मिति २०७८ कार्तिक २० गते शनिवार ०३:०६
प्रतिक्रिया दिनुहोस