काठमाडौं । भूतप्रेतहरु कथा, कहानी, चलचित्रहरुमा देख्न र सुन्न पाइन्छ । आजसम्म त्यस्तो मान्छे सायदै होला जसले भूतप्रेतलाई आफ्नै आँखाले देखेको छ । मानिसहरु कहानी बनाएर त्यस्ता चरित्रहरुको वर्णन भने गरिरहेका हुन्छन् । तर हालै भारत, गुजरातको पञ्चमहल जिल्लामा जे भयो त्यो धेरै फरक छ ।
त्यहाँबाट एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ । समाचारमा उल्लेख गरिए अनुसार दुई भूतप्रेतहरु विरुद्ध प्रहरीमा उ’जुरी परेको छ ।पञ्चमहल जिल्लाको जम्बुगोदा प्रहरी चौकीमा गत आइतबार एक व्यक्तिले उजुरी गरेका हुन् । उजुरीका अनुसार खेतमा काम गर्दा ति व्यक्तिले भूतहरूको समूहको सामना गर्नुपरेको भनेका छन् ।
भूतप्रेतहरूले उनलाई बाँकी नराख्ने भनेर चेतवानीपनि दिएको उ’जुरीमा खुलाइएको छ । टीओआईको समाचारका अनुसार ३५ वर्षीय व्यक्ति पञ्चमहलको जम्बुगोदा तालुका निवासी हुन् । भूतको डरले उनी खेतबाट प्रहरी चौकीतर्फ भागे । त्यहाँ पुगेर उनले प्रहरीसमक्ष आफ्नो ज्यान जोगाउन भन्दै बिन्ती गर्न थाले ।
यो अनौठो अनुरोधकाबीच पनि, प्रहरी ति मानिसप्रति दया देखाउँदै बचाउने प्रयन्त गरिरहेको थियो । ति युवकका लागि प्रहरीले पर्याप्त दया देखायो । उनको मागलाई प्रहरीले मजाकमा उडाउनुको सट्टा गम्भीर भएर सम्झाउँदै निवेदन स्वीकार गर्ने निर्णय गर्यो ।
प्रहरीका अनुसार प्रहरीकहाँ निवेदन दिन आउँदा ति व्यक्ति मानसिक रुपमा ठिक नभएकोजस्तो देखिन्थे । समाचार अनुसार जब ती मानिस प्रहरी चौकी पुगे, उनी एकदम डराएका थिए । उनी डरले का’म्दै पनि थिए । प्रहरी उप निरीक्षकसमक्ष उजुरी गर्दा ति व्यक्तिले सबै कुरा उल्लेख गरेका हुन् । उ’जुरीमा उनले आफू खेतमा एक्लै काम गरिरहेको बेला एक हुल भूतप्रेतहरुको समूह आयो भनेका छन् ।
आइतबार पावागढमा ड्यूटीमा आएका पीएसआई मयंकसिंह ठाकुरले आफू साह्रै दुःखी भएको बताए । यो स्पष्ट थियो कि ति व्यक्ति असामान्य व्यवहार देखाइरहेका थिए । प्रहरीसँग बोल्दा पनि उनी एकदम डराइरहेका थिए । उनको मनलाई शान्त र भयरहित बनाउनको लागि उजूरी लिखित रूपमा लिइएको हो ।
प्रहरीले पीडितको परिवारका सदस्यहरूसँग पनि सम्पर्क गर्यो । परिवारका सदस्यले उनी मानसिक रोगी भएको र उपचार भइरहेको भन्ने जवाफ फर्काए । परिवारका अनुसार उनले अन्तिम १० दिनसम्म औषधी खाएका थिएनन् । जब प्रहरीले सोमबार उनीसँग कुरा गर्यो, उनले आफू भागेर प्रहरी चौकी पुग्नुको कारण पनि बताए । उनलाई लाग्छ कि उनी प्रहरी चौकी पुगेर उजुरी गर्दा भूत डरले उनको खेतमा आउँदैन ।
प्रहरीको ड’रका कारण उनलाई क्ष’ति पुर्याउने साहस नगर्ने उनको बुझाई रहेको पाइयो । प्रहरीले उनको परिवारलाई भविष्यमा यस्तो समस्या नहोस् भनेर नियमित औषधि दिन भनेको छ ।
प्रकाशित मिति २०७८ कार्तिक १९ गते शुक्रबार ०४:५९