डोटीमा हाई भोल्टेजका कारण करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मृ’त्यु भएको हो ।
सोही नगरपालिकाको ११ वडा मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृ’त्यु भएको प्रहरी निरीक्षक चन्दले बताए । मृ’त’कको शव पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।
यस्तै, करेन्ट लागेर सोही वडाका एक जना सोही समयमा घा’इते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घा’इते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घा’इते भएका हुन् ।
घाइते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए । असोज ३१ गते देखि कार्तीक ३ गते सम्म निरन्तर आएको वर्षा, बाढी र पहिरोका कारण विद्युत सेवा अवरुद्ध भयो । दुई साता सम्म सो क्षेत्रमा अवरुद्ध रहेको विद्युत सेवा शुक्रबार मात्रै सुचारु भएको थियो ।
प्रकाशित मिति २०७८ कार्तिक १५ गते सोमबार ०४:२३