काठमाडौं । गर्भवती महिला जस्तै देखिन खाजेका एक पुरुष नराम्रोसँग फसेका छन् । मानिसहरु कहिलेकाहिँ अरुको नक्कल गर्छन् । तर नक्कल गर्नका लागि पनि अक्कल चाहिन्छ । एक व्यक्तिले नक्कल गर्न सबै सीमा पार गरेका छन् । ति मानिसले आफुलाई गर्भवती महिला जस्तै देखाउन चाहेका थिए ।
त्यसपछि उनले निर्णय गरे कि उनी एक दिनको लागि एक गर्भवती महिला बन्नेछन् । तर दुर्भाग्य उनको कुरा उल्टो भयो र उनी ओछ्यानबाट बाहिर आउन सकेनन् । ‘द मिरर’ को एक रिपोर्ट अनुसार, ति व्यक्तिको नाम म्याटल्यान्ड ह्यानले हो ।
ति व्यक्ति मात्र २४ घन्टाको लागि गर्भवती हुन चाहान्थे । तर केहि घण्टा भित्र उनले सोचे भन्दा फरक भयो । ती मानिसले पेटमा भारी सामान लिएर उठ्ने कोशिश गरे, सकेनन् । समाचार अनुसार उनले पेटमा एउटा ठूलो खरबुजा बाँधेका थिए ।
सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने उनले गर्भवती महिलाको पी’डा बुझ्नको लागि सो कदम उठाएका थिए । त्यसको लागि उनले एक खरबुजालाई पेटमा बाँधे । सामाजिक सञ्जालमा उनले गर्भावस्था परीक्षणको एक भिडियो साझा गरेका छन् ।
क्लिपमा उनी ओछ्यानमा पल्टिएका छन्, आफ्नो पेटमा एउटा ठूलो खरबुजा बाँधेका छन् । यो मात्र हैन उनी देख्न चाहन्थे कि उनी कति समयसम्म खरबुजा पेटमा बोकेर हिड्न सक्छन् ? उनले सो परीक्षण सिंगो दिनका लागि गर्ने बताएका थिए । सुरुमा उनले कुनै समस्या नभएको बताए ।
तर जब उनी उठ्न खोजे तर सफल भएनन् । कुनै हालतमा उठ्न नसकेपछि उनी गर्भवती बन्न सहज हुँदैन भन्दै स्वीकार गर्छन् । एकाएक भिडियो भाइरल बन्यो । रमाइलोका लागि बनाइएको सो भिडियोमा मानिसहरु रमाइला प्रतिकृया दिइरहेका छन् । कोहि उक्त कार्यलाई राम्रो भन्दैछन् भने धेरैले मजाक उडाइरहेका छन् ।
प्रकाशित मिति २०७८ कार्तिक १४ गते आईतबार ०५:१३