एजेन्सी । जनावरमा पनि कति मानवीयता हुन्छ भन्ने कुरा एउटा कुकुरले देखाएको छ । मानिसको संधै नजिक रहन चाहने कुकुर दुख सुखको साथी पनि हो । टर्कीमा एउटा कुकुरले आफ्नो मालिकप्रति देखाएको अगाध भक्ति र स्नेहको भिडियो अहिले सामाजिक सजालमा...
एजेन्सी । जनावरमा पनि कति मानवीयता हुन्छ भन्ने कुरा एउटा कुकुरले देखाएको छ । मानिसको संधै नजिक रहन चाहने कुकुर दुख सुखको साथी पनि हो । टर्कीमा एउटा कुकुरले आफ्नो मालिकप्रति देखाएको अगाध भक्ति र स्नेहको भिडियो अहिले सामाजिक सजालमा भाइरल भएको छ ।
मालिक बिरामी भएर अस्पतालमा भर्ना हुँदा पनि एउटा बफादार कुकुरले अस्पतालमा उनलाई कुरीरह्यो । कहिले निको होलान् र वाहिर आउलान् भनेर टर्कीको अस्पताल बाहिर पर्खेर धेरै दिन बिताएको भिडियोमा अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
बोनकुक नाम गरेकी उक्त कुकुरनी मालिक सेमाल सेन्टुरकलाई १४ जनवरीमा अस्पताल लैजाँदा एम्बुलेन्सको पछि लागेर गएको देखिन्छ । सेन्टुरकलाई कृष्ण सागर अर्थात् ब्ल्याक सी नजिकै ट्राब्जोनको अस्पतालमा भर्ना गरिएपछि सो कुकुर अस्पतालको ढोकामै बस्यो ।
त्यस पछि पनि हरेक दिन बिहान ९ बजे आएर अस्पतालको ढोका बाहिर बस्थिन् । मध्यरातसम्म मालिकको प्रतिक्षामा बेलाबेखत ढोकाबाट मालिकलाई चियाएर हेरेको पनि देखिन्थ्यो । समाचार एजेन्सी डीएचएका अनुसार सेन्टुरककी छोरी ऐनुर इगेलीले भनिन् ‘मैले बोन्कुकलाई राती घरमा लिएर जान्थेँ तर बिहान ऊ आफैँ अस्पताल आउँथी ।’
रातीसम्म ढोकामै कुर्ने तर, भित्र चाँहि नछिर्ने । ढोका खुल्दा टाउको भित्र छिराएर हेर्ने गरेको त्यहाँका सुरक्षा गा र्डले बताएका छन् । चार दिनपछि सेन्टुरक अस्पतालबाट डिस्चार्ज भए । त्यसपछि ह्वीलचेयरबाट बाहिर निस्कँदै गरेका मालिकलाई हेरेर खुशी हुँदै बोनकुकले आफ्नो प्रतिक्रिया दिएकी थिइन् । त्यसपछि बोनकुक पनि मालिकसँगै रमाउँदै घर फर्किएको दृश्य निकै रोचक देखिन्छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807