काठमाडौ । १५ वर्षकै उमेरमा विवाह गरेकी थिइन् व्रितिना वलीले । उनले १६ वर्षकै उमेरमा बच्चा जन्माइन् । त्यतीबेला उनीहरु रोजगारीका लागि भारतमा बस्थे । भारतमा १५ महिना बस्दा उनको छोरा जन्मियो । काखमा सानो छोरा थियो तर उनका श्रीमानले...
काठमाडौ । १५ वर्षकै उमेरमा विवाह गरेकी थिइन् व्रितिना वलीले । उनले १६ वर्षकै उमेरमा बच्चा जन्माइन् । त्यतीबेला उनीहरु रोजगारीका लागि भारतमा बस्थे । भारतमा १५ महिना बस्दा उनको छोरा जन्मियो । काखमा सानो छोरा थियो तर उनका श्रीमानले आफ्नै गाउँको भाउजु नाता पर्ने महिलालाई दोस्रो श्रीमती बनाएर लिएर गए । श्रीमानले आफु बसेकै कोठामा अर्की महिला लिएर आएपछि ब्रितिनालाई सहि नसक्नु भयो । उनी संगै बस्न सकिनन् ।
छोरा ३ महिनाको हुँदा भाउजुलाई लिएर आएका श्रीमान एउटै कोठामा ९ दिन बसे । पछि उनकै दाई पर्नेले उनलाई फिर्ता लिएर गए । श्रीमानले दिएको यस्तो पी डाका कारण उनी अस्वस्थ्य भईन् । अस्पतालमा उपचारका लागि भर्ना गरिएकी थिइन् । त्यही बेलामा श्रीमानको फोन आयो । उनले श्रीमतीलाई खुसीको कुरा सुन मैले अर्को विवाह गरेँ । मलाई हेर्नेले भनेको छ कि तँ म रे पछि कि मैले अर्को विवाह गरेपछि खुसी हुन्छस् भनेका कारण मैले विवाह गरेँ ।
उनका छोरा अहिले ४ वर्षका भए । भाउजु लिएर आएका उनका श्रीमान अहिले सम्पर्क विहिन् छन् । आफ्नो पेट पाल्नकै लागि छोरालाई घरमा छोडेर उनी काठमाडौको कालिमाटिमा सानो काम गरेर बस्छिन् । उनका श्रीमान भारतमै कतै लुकेर बसेका छन् । व्रितिना वली आफ्नो छोराको अधिकारको लागि श्रीमानको खोजी गरेको बताउँछिन् । श्रीमानले आफुलाई नहेरे पनि छोराको अधिकार दिन आग्रह गर्छिन । म संग खुसी छैनन् भने ठिकै छ, तर छोरालाई भने अधिकार चाहिन्छ उनले भनिन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807