काठमाडौं । चर्चित रियलिटी टिभी शो ‘बिग बोस–१३’ बाट चर्चामा आएकी ‘काँटा लगा’ गल्र्स शेफाली जरीवाला पुनः चर्चामा आएकी छिन् । उनका केही बोल्ड तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्विरहरुमा, अभिनेत्री बिकिनी लगाएर आफ्नो पति पराग त्यागीसँग पौडी खेल्दै गरेको अवस्थामा पोखरीमा देखिएकी छिन् ।

शेफाली र परागका यी बोल्ड तस्विरहरु उनीहरूका फ्यानहरूले खुब मन पराए । प्रशंसकहरु यी भाइरल तस्विरहरुमा टिप्पणी गरीरहेका छन् । शेफाली जरीवालाले सामाजिक सञ्जालमा एक पछि अर्को धेरै तस्विर पोष्ट गरेर आफ्ना फ्यानहरूलाई पनि खुशी बनाएका छन् । तपाईले यी भाइरल तस्विरहरु पनि देख्न सक्नुहुन्छ ।

शेफाली जरिवालाको जन्म २४ नवम्बर १९८२ मा भएको हो । उनी एक भारतीय अभिनेत्री हुन् । उनी कयौँ अंग्रेजी तथा हिंदी संगीत भिडियो र बलिउड फिल्ममा देखिएकी छिन् । उनी २००२ मा म्यूजिक भिडियो कांता लागा में देखिएकी थिइन् । यो गीत निक्कै पपुलर भएको थियो । त्यसपछि थोंग लड़की का नामबाट उनको चर्चा सुरु भयो ।

२००४ मा एक बलिउड फिल्म मुझसे शादी करोगी मा अभिनय समेत गरेकी उनी त्यही चलचित्रबाट चर्चामा आइन् । त्यसपछि उनी नृत्य रिएलिटी शो नच बलिए ५ मा आफ्ना प्रेमीका साथ आएर उनले चर्चा कमाइन् ।

शेफाली ले २००५ मा सरदार पटेल कलेज फ इन्जिनियरिङ्ग बाट सूचना प्रविधिमा मास्टर डिग्री हासिल गरेकी छिन् । इन्जिनियरिङ्ग अध्ययनका समयमा संगीत एल्बममा काम गर्ने अवशर मिल्यो । उनले सेन्ट जोसेफ बाट आधारभूत शिक्षा हासिल गरिन् ।

फिल्म मुझसे शादी करोगी मा सलमान खान र अक्षय कुमारका साथ देखिन पाएपछि उनी हिट भइन् । २००९ मा उनले गायक पति हरमीत गुलजारसँग सम्बन्ध विच्छेदको विवादमा आइन् ।

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार १२:०६