चलचित्र रिहर्सलको बहानामा मलाई कि’स गर्ने खोजियो : जरिन खान

चलचित्र रिहर्सलको बहानामा मलाई कि’स गर्ने खोजियो : जरिन खान

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ६ गते शनिवार ०६:२६

भारतीय अभिनेत्री जरिन खानले चलचित्र अभिनय अगाडि रिहर्सलको बहानामा आफूलाई कि'स गर्ने कोशिस गरेको खुलासा गरेकी छन् । उनले हालै दिएको एक अन्तर्वार्तामा कास्टिङ काउचका बारेमा अनुभव सेयर गरेकी हुन् । अभिनेत्री जरिनले भनिन्, ‘कास्टिङ...

भारतीय अभिनेत्री जरिन खानले चलचित्र अभिनय अगाडि रिहर्सलको बहानामा आफूलाई कि’स गर्ने कोशिस गरेको खुलासा गरेकी छन् । उनले हालै दिएको एक अन्तर्वार्तामा कास्टिङ काउचका बारेमा अनुभव सेयर गरेकी हुन् । अभिनेत्री जरिनले भनिन्, ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा मलाई कि’स गर्ने कोशिस गरिएको थियो ।’

उनले उक्त व्यक्तिको नाम अहिले नलिने बताउँदै भनिन्, ‘ती व्यक्तिले मलाई भनेका थिए, तपाइँलाई थाहा छ, हामी एक कि’स सिन गर्दैछौ ।’ जरिनले रिहर्सलको रुपमा केही पनि किसिङ सिन नगर्ने बताएको जिकिर गरिन् ।

सन् २०१० मा बलिउड अभिनेता सलमान खानको चलचित्र ‘वीर’ मार्फत उनी चलचित्र क्षेत्रमा छिरेकी हुन् । सो चलचित्रमा उनी सलमानको अपोजिट भूमिकामा थिइन् । पछिल्लो समयका बलिउडमा उनको चर्चा निकै हुने गरेको छ ।सौर्य दैनिकमा खबर छ । उनी आफ्नो फिट्नेसका कारण समेत चर्चामा आउने गर्छिन् । त्यस्तै, आफ्नो बारेमा खुलेर बोल्ने अभिनेत्रीका रुपमा उनलाई बलिउडमा लिने गरिन्छ ।

उनले ‘वीर’ पछि ‘हेट स्टोरी ३’, ‘हाउस फुल २’, ‘अक्सर २’ र ‘वजाह तुम हो’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छन् । उनी पछिल्लो पटक चलचित्र ‘हम भि अकेले, तुम भि अकेले’ मा देखिएकी थिइन् ।

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०६:२६
प्रतिक्रिया दिनुहोस