सैफको प्रेममा पागल थिइन् करीना, के–के सम्म गर्थिन !

सैफको प्रेममा पागल थिइन् करीना, के–के सम्म गर्थिन !

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ६ गते शनिवार ०३:५३

नयाँ दिल्ली । अभिनेता सैफ अली खान र करीना कपूर खान बलिउडका चर्चित जोडीमध्ये एक हुन् । सैफ र करीनाले सन् २०१२ मा कानुनी रुपमा विवाह गरेका थिए । तर, करीना सैफकी पहिलो श्रीमती भने होइनन् । उनले १९९१ मा अभिनेत्री अमृता सिंहसँग विवाह गरेका...

नयाँ दिल्ली । अभिनेता सैफ अली खान र करीना कपूर खान बलिउडका चर्चित जोडीमध्ये एक हुन् । सैफ र करीनाले सन् २०१२ मा कानुनी रुपमा विवाह गरेका थिए । तर, करीना सैफकी पहिलो श्रीमती भने होइनन् । उनले १९९१ मा अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । सन् २००४ मा उनीसँग डिभोर्स गरेपछि सैफले करीनासँग दोस्रो विवाह गरेका हुन् ।

सैफ र करीनाको चलचित्र ‘टशन’ को सुटिङका क्रममा प्रेम बसेको थियो । सैफ करीनाभन्दा १० बर्ष जेठा छन् । सैफसँग डेटिङको बिषयमा करीनाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मैले सैफसँग कयौं पटक भेटेको थिएँ तर जब हामी ‘टशन’ को सुटिङ गरिरहेका थियौं तब नयाँ मोड आयो । मलाई सैफसँग प्रेम भयो । म उनको लागि पागल भएँ ।’

उनले सैफ विवाहित र दुई सन्तानको पिता भन्ने थाहा पाउँदा पाउँदै उनीसँग माया बसेको बताएकी थिइन् । करीनाले अगाडि भनेकी छन्, ‘केही समय डेट गरिसकेपछि सैफले भनेका थिए उनी २५ बर्षका युवक होइनन् र सधैं मलाई घरसम्म छोड्न सक्दैनन् ।

सैफले मेरो आमासँग भनेका थिए उनी आफ्नो पूरा जीवन मसँग बिताउन चाहन्छन् । त्यसपछि हाम्रो विवाह भयो ।’ News Source

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०३:५३
प्रतिक्रिया दिनुहोस