होटेलमा क्यामेरा लुकाइएको छ कि छैन, पत्ता लगाउने सजिलो तरिका

होटेलमा क्यामेरा लुकाइएको छ कि छैन, पत्ता लगाउने सजिलो तरिका

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ४ गते बिहिबार ०३:३६

यात्रामा जहिल्यै जोखिमको कुरा जोडिएर आउँछ जहाँ सजक हुन जरुरी छ । हामीले होटेलहरूमा क्यामेरा लुकाएर राख्ने गरिएका कुरा धेरै सुन्दै आइरहेका छौँ । यसले गर्दा कहीँ कतै भ्रमणमा जाँदा तपाईंले पनि होटलमा कतै क्यामेरा लुकाएर राखेको...

यात्रामा जहिल्यै जोखिमको कुरा जोडिएर आउँछ जहाँ सजक हुन जरुरी छ । हामीले होटेलहरूमा क्यामेरा लुकाएर राख्ने गरिएका कुरा धेरै सुन्दै आइरहेका छौँ ।

यसले गर्दा कहीँ कतै भ्रमणमा जाँदा तपाईंले पनि होटलमा कतै क्यामेरा लुकाएर राखेको छ कि भन्ने त पक्कै पनि सोच्नु भएको होला ।यो समस्याको समाधानका लागि एक साइबर सुरक्षा विज्ञले एउटा उपाय दिएका छन्, जसको सहयोगमा होटलका कोठाहरूमा क्यामेरा लुकाएर राखेको छ कि छैन भनेर हामी पत्ता लगाउन सक्छौँ ।

सामाजिक सञ्जालमा माल्वेयरटेक भनेर चिनिने पूर्व ह्याकर मार्कुस हचिन्स सन् २०१७ मा विश्वभरका हजारौं कम्प्युटरहरूलाई ‘वान्न क्राइ’ (रुन चाहन्छौ ?) भन्ने र्‍यानसमवेयर आ’क्रमणबाट जोगाउने ह्याकरको रुपमा पनि चिनिन्छन् ।उनै माल्वेयरटेकले आफ्नो इन्स्टाग्राम र टिकटक मार्फत होटलका कोठाहरूमा

क्यामेरा लुकाएर राखेको छ कि छैन भनेर पत्ता लगाउने सकिने उपाय सुझाएका हुन् । यस सम्बन्धी उनको भिडिओ दुई करोड ७३ लाख भन्दा धेरैले हेरिसकेका छन् ।उक्त क्लिपमा उनले होटलको आफ्नो कोठामा क्यामेरा अथवा अन्य कुनै रेकर्डिङ डिभाइस भएनभएको पत्ता लगाउन टर्च लाइटको प्रयोग गर्न सुझाव दिएका छन् ।

आफू बसेको कोठामा रहेको फायर अलार्म अथवा घडी लगायतमा टर्च लाइट बालेर देखाउँदै उनले भनेका छन्, ‘यस्ता शंकास्पद डिभाइसहरूमा तपाईंले टर्च लाइट बालेर हेर्नु भयो र यदि त्यहाँ क्यामेरा राखिएको छ भने क्यामेराको लेन्सले निलो रङ्गको प्रतिविम्ब दिन्छ ।’

यसरी टर्च लाइट देखाउदा तपाईंले शंका गर्नुभएको डिभाइसमा निलो परावर्तन देख्नु भयो भने त्यो क्यामेरा हो भनेर थाहा पाउन सक्नुहुन्छ ।

भिडियो

@malwaretech

Reply to @safarijackza How to find hidden cameras in AirBnBs #safety #travel

♬ original sound – Marcus Hutchins

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०३:३६
प्रतिक्रिया दिनुहोस