‘रामायण’ का लागि ऋतिक र रणवीरको पारिश्रमीक कति?

‘रामायण’ का लागि ऋतिक र रणवीरको पारिश्रमीक कति?

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ३ गते बुधबार ०५:३६

एजेन्सी । नितेश तिवारीको निर्देशन बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’ बन्दैछ । फिल्मको लागि दुई बलिउड स्टार ऋतिक रोशन र रणवीर कपुर अनुबन्धित भएका छन् । फिल्मको लागि ऋतिक र रणवीरले मात्र १ सय ५० करोड पारिश्रमिक बुझेका छन् । जसमा...

एजेन्सी । नितेश तिवारीको निर्देशन बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’ बन्दैछ । फिल्मको लागि दुई बलिउड स्टार ऋतिक रोशन र रणवीर कपुर अनुबन्धित भएका छन् ।

फिल्मको लागि ऋतिक र रणवीरले मात्र १ सय ५० करोड पारिश्रमिक बुझेका छन् । जसमा ऋतिकले ७५ करोड पाउनेछन् भने रणवीरले ७५ करोड पाउनेछन् । उनीहरुले लिएको यो पारिश्रमिक एक भागको लागि भने होइन ।

तीन भागमा बन्ने यस फिल्मको तीन भागमा नै काम गर्न उनीहरुले ७५ करोड पारिश्रमिक बुझेका हुन् । बलिउड मिडियाका अनुसार ऋतिक र रणवीर दुबैले फिल्म सम्झौता गरिसकेका छन् । ‘रामायण’कै कथामा बन्ने फिल्ममा रणवीर ‘राम’ बन्नेछन् भने ऋतिक रावण बन्नेछन् ।

अहिले निर्माणपक्ष ‘सीता’को खोजीमा छ । सीताको भूमिकामा करिना कपुर देखिने हल्ला चलेपनि निर्माणपक्षले यसलाई आधिकारिक रुपमा जानकारी दिएकफ छैन । मधु मन्टेनाको निर्माण रहने यस फिल्मको लगानी ७ सय ५० करोड अनुमान गरिएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक ३ गते बुधबार ०५:३६
प्रतिक्रिया दिनुहोस