एजेन्सी / बलिउड अभिनेत्री प्रियंका चोपडा अन्तर्राष्ट्रिय स्टार बनिसकेकी छन्। बलिउडबाट शुरु भएको उनको यात्रा हलिउड सम्म पुगेको छ। मोडलिङ हुँदै अगाडी बढ्दा प्रियंकाले गीत समेत गइन्।
यसरी कला क्षेत्रमा भिजेकी प्रियंका अहिले अमेरिकामा छिन्। अमेरिकी नागरिक रहेका गायक निक जोनससंग विवाह गरेयता प्रियंका पछिल्लो समय अमेरिकामा रहने गरेकी हुन्।

प्रियंका समय-समयमा आफ्नो रहन-सहनका कारण चर्चा सँग-सँगै विवादमा पनि पर्ने गरेकी छन्। जसकारण उनले स्कर्टलाई ढाक्न समय-समयमा ह्यान्ड ब्याकको प्रयोग पनि गरिन्।त्यति बेला नै उनी क्यामरामा कैद हुन पुगिन्।

डिनरमा जाँदा उनले हल्का पारदर्शी स्कर्ट लगाएकी थिइन्। स्कर्टमा केहि काला र हरिया बुट्टा पनि थिए। स्कर्ट पारदर्शी भएका कारण प्रियंका पूरै सहज भने देखिँदैनथिन्।

यति बेला सामाजिक संजालमा ती तस्विरहरु भाइरल भएका छन्। हालसालै प्रियंका पति निक जोनससँग डिनरका लागि जाँदै गर्दाका केहि तस्विर सामाजिक संजालमा भाइरल भएका छन्।

जसकारण उनले स्कर्टलाई ढाक्न समय-समयमा ह्यान्ड ब्याकको प्रयोग पनि गरिन्।त्यति बेला नै उनी क्यामरामा कैद हुन पुगिन्। यति बेला सामाजिक संजालमा ती तस्विरहरु भाइरल भएका छन्।
तस्विर भाइरल हुँदा उनको चर्को आलोचना भएको छ। धेरैले असहज हुने कपडा किन लगानु भन्दै प्रियंकाको आलोचना गरेका छन्। त्यसमध्ये धेरैले अमेरिका पुगेपछि आफ्नो संस्कार भुलेको आरोप पनि प्रियंका माथि लगाएका छन्।
कपडाको मूल्य पनि चर्चामा

डिनरमा जाँदा प्रियंकाले लगाएको उक्त कपडाको मूल्यको पनि यति बेला चर्चा चलिरहेको छ। भारतीय संचार माध्यमहरुले गरेको दावी अनुसार उनले लगाएको उक्त कपडाको मूल्य ६ सय २५ पाउण्ड अर्थात १ लाख २ हजार भन्दा बढी हुन आउँछ। हेर्नुहोस तस्बिरहरु
प्रकाशित मिति २०७८ कार्तिक ३ गते बुधबार ०४:०९