२ सय करोड ठगी मु’द्दामा ज्याक्लिन र नोरालाई सोधपुछका लागि बोलाइयो

२ सय करोड ठगी मु’द्दामा ज्याक्लिन र नोरालाई सोधपुछका लागि बोलाइयो

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २९ गते शुक्रबार ०७:१७

२ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले सोधपुछका लागि बोलाएको छ । उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले...

२ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले सोधपुछका लागि बोलाएको छ । उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ ।

सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठ’गी गरेको आरोप छ । श्रीलंकाली नायिका उनको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मु’द्दामा मुछिएकी हुन् ।

गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छा’पा मा’रेर एजेन्सीले ८२.५ लाख रकम तथा दर्जनौँ महँगा गाडी ब’राबद गरेको जनाएको छ । दिल्ली प्रहरीले २ सय करोड रुपैयाँ ठगी र फिरौतीको उ’जुरी दर्ता गरेको आधारमा यो छानबिन अघि बढाइएको बताइएको छ । चन्द्रशेखर १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेको यो सबै घटनाको मास्टरमाइन्ड रहेको ईडीले बताएको छ । उनीवि’रुद्ध अन्य दर्जनौँ मु’द्दा पनि रहेको छ ।

प्रकाशित मिति २०७८ असोज २९ गते शुक्रबार ०७:१७
प्रतिक्रिया दिनुहोस