कंगनालाई डाक्टर बनाउन चाहन्थे उनका पिता, नायिका बन्नका लागि घरबाट भागेकी छोरीसँग वर्षौंसम्म कुरा गरेनन्

कंगनालाई डाक्टर बनाउन चाहन्थे उनका पिता, नायिका बन्नका लागि घरबाट भागेकी छोरीसँग वर्षौंसम्म कुरा गरेनन्

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २६ गते मङ्गलबार ०२:४०

बलिउड नायिका कंगना रनौत ३४ वर्ष पुगेकी छिन् । २३ मार्च, सन् १९८७ मा हिमाचल प्रदेशमा जन्मेकी कंगना आफ्नो विवादास्पद बयान, अभिनय कला र व्यक्तिगत जीवनका कारण सधैं चर्चामा रहन्छिन् । हुन त कंगनाको फिल्मी करियरसँग जोडिएका कुरा धेरैलाई...

बलिउड नायिका कंगना रनौत ३४ वर्ष पुगेकी छिन् । २३ मार्च, सन् १९८७ मा हिमाचल प्रदेशमा जन्मेकी कंगना आफ्नो विवादास्पद बयान, अभिनय कला र व्यक्तिगत जीवनका कारण सधैं चर्चामा रहन्छिन् । हुन त कंगनाको फिल्मी करियरसँग जोडिएका कुरा धेरैलाई थाहा छ । तर केही यस्ता तथ्य पनि छन् जुन सायद धेरैलाई थाहा छैन होला । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

पिता वर्षौंसम्म बोलेनन्ः

कंगनाका पिता अमरदीप रनौत व्यावसायिक रुपमा व्यापारी हुन् । उनी छोरीलाई डाक्टर बनाउन चाहन्थे । उनले मेडिकलको पढाईका लागि कंगनालाई चन्डीगढको डीएवी स्कूलमा भर्ना पनि गराएका थिए । डिएवी स्कूलमा कंगनालाई मेडिकलको किताबमा बिल्कुल रुची थिएन । उनलाई र्याम्पमा हिँड्न नै मनपर्दथ्यो । स्कूलमा फेयरवेल होस् वा फ्रेशर, कंगना बिना कुनै पनि कार्यक्रम अधुरा हुन्थे ।

डिएवी स्कूलकी प्रधानाध्यापक डाक्टर रोकश सचदेवा भन्छन्, ‘कंगना त्यतिबेला देखि नै मोडलिङमा रुची राख्थिन् । स्कूलमा फ्रेशर्स नाइट वा फेयरवेल, कंगनाले मोडलिङ गर्ने गर्थिन् । कंगनालाई मोडलिङ यति मनपर्दथ्यो कि उनले स्कूल छोडिदिइन् र होस्टलबाट पिजीमा सिफ्ट भइन् ।’ पिता अमरदीपलाई जब यसको जानकारी भयो तब उनले कंगनालाई कुटेका पनि थिए । रिपोर्टका अनुसार कंगनाबाट घरबाट भाग्ने र फिल्ममा काम गरेका कारण कंगनाका पिताले उनीसँग वर्षौंसम्म कुरा गरेका थिएनन् ।

हजुरबुवा रिसाएका थिएः

कंगनाले एकपटक आफ्नो अन्तरवार्तामा भनेकी थिइन्, ‘जब मैले अभिनयमा आफ्नो करियर बनाउने कुरा पितालाई भनेकी थिएँ तब उहाँ असाध्यै रि’साउनु भएको थियो । यहाँसम्म कि उहाँले घरबाट निस्किएर जान पनि भन्नुभएको थियो । म अभिनयमा नै आफ्नो करियर बनाउन चाहन्थेँ त्यसैले कुनै पैसा नलिइकनै घरबाट बाहिर निस्किएँ । जब मेरो पहिलो फिल्म ‘ग्या’ङ्गस्टर’ मेरा हजुरबुवाले हेर्नुभयो तब उहाँ असाध्यै रि’साउनु भएको थियो र मेरो नामबाट थरसमेत हटाउन भन्नुभएको थियो । मैले फिल्ममा किसिङ सिन दिएको थिएँ, त्यसैले रिसाउनुभएको थियो । ’

थिएटरमा गरिन् कामः

कंगनाले आफ्नो अभिनयको करियरको सुरुवात दिल्लीमा अस्मिता थिएटर ग्रुपसँग गरेकी थिइन् । उनले चर्चित रंगमञ्च निर्देशक अरविन्द गौडबाट अभिनयको तालिम पनि लिएकी छिन् । उनले अरविन्दको थिएटर कार्यशाला इन्डिया ह्याबिटेट सेन्टरमा भाग लिइन् र थुप्रै नाटकमा पनि काम गरिन् । उनको पहिलो नाट गिरिश कर्नाड ‘रक्त कल्याण’ थियो । बलिउडमा उनलाई महेश भट्टले मौका दिएका थिए ।

उनले फिल्म ग्या’ङ्गस्टरबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइने् । यो फिल्मका लागि उनले बेस्ट डेब्यस् नायिकाको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । यो फिल्मको सफलतापछि उनलाई बलिउडमा मीना कुमारी जस्तै ट्रेजडी क्विन भन्न थालिएको थियो । यसबाहेक उनले फेशन, वो लम्हे, लाइफ इन ए मेट्रो, वन्स अपन ए टाइम इन मुम्बई, रिवल्वर रानीजस्ता सुपरहिट फिल्म दिएकी छिन् ।

कफी सपमा परेको थियो अनुराग बसुको नजरः

कंगनाले आफ्नो बलिउड करियरको सुरुवात निर्देशक अनुराग बसुको फिल्म ग्या’ङ्गस्टरबाट गरेकी थिइन् । अनुरागले कंगनालाई सबैभन्दा पहिला एउटा कफी शपमा देखेको र फिल्मका लागि साइन गराएको बताइन्छ ।

कंगनालाई असाध्यै मन पर्छ दिदीः

कंगनाका पिता अमरदीप रनोट व्यापारी हुन् र उनकी आमा आशा रनोट स्कूलमा शिक्षिका हुन् । उनकी दिदी रंगोली उनलाई असाध्यै मनपर्छ । रंगोली कंगनाकी म्यानेजर हुन् । एसिड आ’क्रमणजस्ता पी’डादायी दु’र्घटनाबाट गुज्रिएपछि पनि जीवनदलाई नयाँ ढङ्गले चलाएकी रंगोलीको जीवनमा कंगनाले बायोपिक बनाउन चाहेको पनि बताइसकेकी छिन् । उनका एक भाइ छन् । उनको नाम अक्षत हो ।

प्रकाशित मिति २०७८ असोज २६ गते मङ्गलबार ०२:४०
प्रतिक्रिया दिनुहोस