काजोललाई शाहरुखको श्रीमती सोचेको थिएँः वरुण धवन

काजोललाई शाहरुखको श्रीमती सोचेको थिएँः वरुण धवन

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २४ गते आईतबार ०८:१५

अभिनेत्री काजोल र अभिनेता शाहरुख बलिउडका प्रख्यात राेमान्टिक फिल्मी जोडी हुन्। शाहरुख र काजोलले 'दिलवाले दुल्हनिया ले जाएंगे', 'कुछ कुछ होता है'लगायत सुपरहिट फिल्ममा उनीहरुकाे केमेस्ट्री मिलेको छ। धेरै पटक दर्शकहरु शाहरुख र काजोल...

अभिनेत्री काजोल र अभिनेता शाहरुख बलिउडका प्रख्यात राेमान्टिक फिल्मी जोडी हुन्। शाहरुख र काजोलले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कुछ कुछ होता है’लगायत सुपरहिट फिल्ममा उनीहरुकाे केमेस्ट्री मिलेको छ।

धेरै पटक दर्शकहरु शाहरुख र काजोल वास्तविक जीवनमा नै श्रीमान–श्रीमती हुन् भनेर झुक्किने समेत गरेका छन्। अहिलेका चर्चित अभिनेता वरुण धवन पनि यसरी नै झुक्किएका थिए। उनले काजोल नै शाहरुखको श्रीमती ठानेका थिए। सन् २०१५ मा रोहित सेट्टीको फिल्म दिल्वालेको प्रोमोसनमा वरुणले काजोल शाहरुखको श्रीमती रहेको भ्रमबारे बोलेका थिए।

उनले भनेका थिए, ‘म सानो हुँदा शाहरुख र काजोल वास्तविक जीवनमा पनि जोडी हो भन्ने सोच्थें। मैले उनीहरु श्रीमान–श्रीमती हुन् भन्ने ठानेको थिएँ। तर पछि मेरो भेट गौरी खानसँग भयो।’

शाहरुखको श्रीमती गौरीसँगको पहिलो भेट सम्झिँदै वरुणले भनेका थिए, ‘म र मेरा साथीहरु सामाजिक कामको लागि चन्दा उठाउन शाहरुखको घर मन्नत पुगेका थियौं। त्यहाँ हामी ठूलै रकम चन्दामा पाउछौं भन्ने अपेक्षामा गएका थियौं। तर त्यहाँ पुगेपछि गौरीले ढोका खोल्नु भयो। त्यसबेला केही गलत भइरहेको महसुस भएको थियो।’

त्यतिबेला वरुणले गौरीसामु केही बोल्न सकेनन्। उनका अनुसार उनले घर गएर आफ्नी आमालाई सबै कुरा बताए। तर जब उनकी आमाले गौरी नै शाहरुखको वास्तविक श्रीमती हुन् भनेर बताइन् उनी छक्क परे।वरुण भन्छन्, ‘त्यस क्षण मलाई शाहरुखको श्रीमती काजोल होइनन् भनेर थाहा भएको थियो।’

प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार ०८:१५
प्रतिक्रिया दिनुहोस