भारतीय अभिनेत्री यमी गौतम कहिल्यै ठिक नहुने छालाको रोग बाट संक्रमित , इन्स्टामा यस्तो लेखिन

भारतीय अभिनेत्री यमी गौतम कहिल्यै ठिक नहुने छालाको रोग बाट संक्रमित , इन्स्टामा यस्तो लेखिन

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २१ गते बिहिबार ०६:०५

भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षौँदेखि कहिल्यै ठिक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी समस्यासँग जुधिरहेको खुलासा गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै लेखेकी छिन् “मेरो इन्स्टा परिवारलाई नमस्कार...

भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षौँदेखि कहिल्यै ठिक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी समस्यासँग जुधिरहेको खुलासा गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै लेखेकी छिन् “मेरो इन्स्टा परिवारलाई नमस्कार ।

मैले हालै फोटो सेसन गराएँ । ती फोटाहरूमा मेरो स्क्रिन प्रोब्लम ‘केराटोसिस पिलारिस’ लाई लुकाउन पोस्ट प्रोडक्सनमा पठाउनु थियो, त्यतिबेला मैले सोचें, यमी तँ सत्यलाई किन स्वीकादिनेस् जसलाई यो समस्याबारे थाहा छैन, म बताउँछु कि यो रोग लागेपछि स्क्रिनमा छोटाछोटा दाना पलाउँछन् । म त्यही समस्याबाट पीडित छु ।”

उनले आफूलाई यो समस्या टिनएजबाटै सुरु भएको र यसको अहिलेसम्म कुनै उपचार नभएको पनि बताएकी छिन् । उनले यो समस्या आफुले धेरै समयदेखि झेलिरहेको बताउकी छिन् ।उनको पिता मुकेश गौतम जि न्यूज चेनलमा संयोजक हुन्। यामी पहिले एक आई ए एस अधिकारी बन्न चाहान्थिन् किनकि उनी एक धेरै राम्रो विद्यार्थी थिइन्।

उनी मूल रूपमा हिमाचल प्रदेशबाट हुन्। उनीले दूरदर्शन करियरको सुरुवात चाँद के पार चलो धारावहिकबाट गरिन् तर उनी कलर्स चेनलमा आउने वाला ये प्यार न होगा कम धारावाहिकबाट प्रसिद्ध भइन्। उनीलाई ऋन्तिम चोटी दूरदर्शनमा ये प्यार न होगा कम धारावाहिकमानै देखिएको थियो, यस पश्चात उनी चलचित्रहरूको तर्फ बढिन्।

प्रकाशित मिति २०७८ असोज २१ गते बिहिबार ०६:०५
प्रतिक्रिया दिनुहोस