संसारमा बाच्न मात्र पर्छ के-के देख्नु यो लोकप्रचलित भनाई मात्र रहेन । यो सत्य चरिरार्थ पनी भएको छ । घरमा कुरा नमिलेपछि प्रहरीमा पुगेको मु’द्दालाई प्रहरीले हप्ताको ३ दिन जेठी र ३ दिन कान्छीकोमा जाने र एक दिन एक्लै बस्ने प्रस्तावमा दुई पत्नीका पतिलाई सहमत गराएको छ।
ती व्यक्तिकी कान्छी पत्नी प्रहरीमा गएर आफ्ना पति पाँच दिनदेखि घरमा नआएको उ’जुरी गरेकी थिइन्। राजेश कुमार नामक ती पति त्यो समयमा जेठी पत्नीसँग थिए।
तर प्रहरीले राजेशलाई बोलाएर कान्छीसँग पठाइदियो। त्यसपछि जेठीसँग गए कान्छीले उ’जुरी गर्ने र कान्छीसँग गए जेठीले उ’जुरी गर्ने वातावरण उत्पन्न भएपछि प्रहरीले दुवै श्रीमतीको सहमतिमा यस्तो सम्झौता गराइदियो।
पुलिसको उपस्थितीमा सम्झौता भएको थियो । पुलिसको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौ‘ता गरेको बताइएको छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइन्छ । त्यसैले हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् ।
एक दिन उनलाई छुट्टी अर्थात विदा दिइएको छ, त्यतिबेला उनी आफ्नो इच्छा अनुरुप जुन श्रीमतीसँग पनि बस्न सक्नेछन् । एजेन्सी
प्रकाशित मिति २०७८ असोज १६ गते शनिवार ०४:०२