काठमाडौं १८पुष -नेपाली गीत संगीतको क्षेत्रमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन।यसै क्रममा युवा गायक एवम् संगीतकार प्रकाश पराजुली र प्रीतम पोख्रेलको सुमधुर आवाजमा सजिएको"हामी यता छौं " बोलको गीत सार्बजनिक...
काठमाडौं १८पुष -नेपाली गीत संगीतको क्षेत्रमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन।यसै क्रममा युवा गायक एवम् संगीतकार प्रकाश पराजुली र प्रीतम पोख्रेलको सुमधुर आवाजमा सजिएको”हामी यता छौं ” बोलको गीत सार्बजनिक भएको छ।
उक्त गीत अङ्ग्रेजी नयाँ बर्ष को अवसर पारी शुक्रबार प्रकाश पराजुली नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो।सोहि गीतमा देशमा चलिरहेका राजनैतिक गतिबिधिहरुलाई गीतबाटै दर्शाइएको छ ।गीतमा प्रीतम पोख्रेलले शब्द सृजना गरेका छन भने संगीत सम्योजन प्रकाश पराजुलिले गरेका हुन।मौसम हिमालिको निर्देशन मा तयार पारिएको गीतलाई सम्पादन राजेश नेपालले गरेका हुन भने गीत सम्योजन सुनिल परियारले गरेको हो।
केही दिन अगाडि केन्द्रिय राजनितिमा प्रधानमन्त्री के पि ओलीले प्रतिनिधि सभा सांसद विघटन गरे पश्चात् एक किसिमको ठुलै हलचल पैदा भएको छ।सांसद विघटन असंबैधानिक भएको भन्दै नेकपा शिर्ष नेताहरु”प्रचण्ड नेपाल पक्ष”माइतिघर मण्डलामा “हामी यहाँ छौ”लेखेको पोस्टर छातिमा टासेर भुइँमा बसेर प्रदर्शन गरेका थिए।उक्त क्रीयाकलापलाई कलाकारहरु ले गीत मार्फत व्यंग्यात्मक शैलिमा प्रस्तुत गरेका छन।गीतलाई निकै छोटो समय र कम लगानी लगाएर तयार पारी बजारमा ल्याएको गायक पराजुली बताउछन।गीतको भिडियो छायांकन दुर्गा पौडेलले गरेका हुन।
गीतको भिडियो मा प्रकाश पराजुली,मानसिङ खड्का,प्रीतम पोख्रेल,प्रेम अर्याल,सबिन आचार्य,लगायत अन्य कलाकारहरुको नृत्य हेर्न सकिन्छ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807